ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नयाँ दिल्ली । भारतले नुन, चिनी वा बोसोको मात्रा बढी भएका प्याकेटबन्द खाद्य वस्तुमा उपभोक्तालाई सचेत गराउन रातो ‘षट्कोण’ आकारको चेतावनी लेबल राख्ने तयारी गरेको छ । 

तर, प्रस्तावित व्यवस्था कार्यान्वयन गर्न थप सार्वजनिक तथा उद्योग क्षेत्रसँग परामर्शका लागि समय लिन खोजेको भन्दै भारतको सर्वोच्च अदालतले सरकारसँग प्रश्न गरेको छ सोमबार भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश जेबी पार्डिवालाले स्वास्थ्यसम्बन्धी विषयमा चासो बढिरहेका बेला थप समय किन खेर फाल्न खोजिएको भन्दै प्रश्न गरे । उनले सम्बन्धित निकायलाई अदालतको आदेश स्वीकार गरेर अघि बढ्न आग्रह गर्दै निराश नपार्नसमेत भने ।

भारतले पछिल्ला केही वर्षदेखि प्याकेटबन्द खाद्य वस्तुको अगाडिको भागमा चेतावनीमूलक लेबल राख्ने विषयमा छलफल गर्दै आएको छ । खाद्य सुरक्षासम्बन्धी अभियानलाई तीव्र बनाउँदै भारतले पछिल्लो समय स्वच्छतामा कमजोरी देखिएका भन्दै देशभरका रेस्टुरेन्ट तथा कारखानामा छापा मार्नुका साथै कैयौँ बन्द गराएको छ । 

प्रस्तावित नयाँ व्यवस्थाअनुसार नुन, चिनी वा बोसोको मात्रा तोकिएको सीमाभन्दा बढी भएका खाद्य वस्तुमा रातो षट्कोण आकारको चेतावनी संकेत राखिनेछ । नियामक निकायले गत साता नयाँ चेतावनी लेबलसम्बन्धी सूचना जारी गर्न र सार्वजनिक परामर्श गर्न चार महिना लाग्ने तथा त्यसपछि व्यवस्था कार्यान्वयन गर्न थप एक वर्ष लाग्ने जनाएको थियो । 

यसैलाई लिएर सर्वोच्च अदालतले ‘यति धेरै समय किन चाहियो’ र ‘पछिल्ला चार वर्षमा के गरियो’ भन्दै प्रश्न गरेको हो । अदालतले यस विषयमा चाँडै अन्तिम आदेश जारी गर्ने जनाएको छ । 

विद्यालय आसपास जंक फुड बिक्री रोक्ने तयारी

भारतको खाद्य नियमनसम्बन्धी पछिल्लो प्रयास विद्यालय तथा त्यसको आसपास जंक फुडको बिक्री रोक्ने अभियानसँगै अघि बढेको छ । यसले बालबालिकालाई अस्वस्थकर खाद्य वस्तुको पहुँचबाट टाढा राख्ने उद्देश्य लिएको छ । 

भारतले १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा मोटोपनको समस्या, विशेषगरी बालबालिकामा बढ्दो जोखिमप्रति चासो व्यक्त गर्दै आएको छ । ‘द ल्यान्सेट’ मा प्रकाशित एक अध्ययनअनुसार सन् २०२१ मा भारतमा करिब १८ करोड वयस्क बढी तौल वा मोटोपनको समस्यामा थिए । यो संख्या सन् २०५० सम्म ४५ करोड पुग्न सक्ने अध्ययनले प्रक्षेपण गरेको छ । 

रातो रंग र मापदण्डप्रति उद्योगको आपत्ति

भारतमा पेप्सिको, कोकाकोला, मोन्डेलेज र नेस्ले जस्ता विश्वव्यापी कम्पनीसँगै परम्परागत खाद्य तथा मिठाई बिक्री गर्ने हजारौँ घरेलु व्यवसाय पनि छन् । भारतीय तथा विदेशी खाद्य उद्योगका कम्पनीहरूको प्रतिनिधित्व गर्ने अखिल भारतीय खाद्य प्रशोधनकर्ता संघले चेतावनीका लागि प्रयोग हुने रातो रंग र संकेतबारे भारतीय सन्दर्भमा सावधानीपूर्वक विचार गर्नुपर्ने बताएको छ । 

संघका अनुसार भारतीय उपभोक्ता रातो रंगलाई अनिवार्य रूपमा मांसाहारी खाद्य वस्तुको पहिचानसँग जोड्ने भएकाले अर्को प्रमुख रातो चेतावनी संकेत थप्दा भ्रम उत्पन्न हुन सक्ने उसको तर्क छ । 

यद्यपि संघले खाद्य वस्तुको अगाडिको भागमा चेतावनीमूलक जानकारी राख्ने व्यवस्थाको विरोध गरेको छैन । प्रस्तावित मापदण्ड भने वैज्ञानिक आधारमा तय हुनुपर्ने र सबै खाद्य वस्तुमा एउटै मापदण्ड ‘अन्धाधुन्ध’ लागु गर्न नहुने उसको भनाइ छ । 

भारतले ठोस खाद्य वस्तुको तौलमा थपिएको चिनी ३ प्रतिशतभन्दा बढी तथा बोसो ४.२ प्रतिशतभन्दा बढी भए रातो चेतावनी संकेत राख्ने प्रस्ताव गरेको छ । उद्योग क्षेत्रले भने चेतावनीको सीमा १०० ग्राम खाद्य वस्तुको आधारमा नभई उपभोक्ताले एकपटक खाने परिमाणका आधारमा निर्धारण गर्नुपर्ने माग गरेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय