ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सर्बिया । सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन् । उनले अक्टोबर २५ मा हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गर्न पद छाडेकाे बताएका छन् ।

वुसिकको दोस्रो राष्ट्रपतीय कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो । संविधानले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ । सन् २०१२ देखि सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलनबिच आगामी निर्वाचनमा चुनौती सामना गरिरहेको छ ।

नोभी सादमा सन् २०२४ नोभेम्बर १ मा रेल स्टेसनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि विद्यार्थीले न्याय र घटनाको जिम्मेवारी निर्धारणको माग गर्दै विरोध सुरु गरेका थिए । पछि उक्त आन्दोलन भ्रष्टाचार अन्त्य र कानूनको शासनका लागि व्यापक अभियानमा परिणत भएको हो ।

राजीनामा घोषणा गर्दै राष्ट्रपति वुसिकले आफूले राष्ट्रपतिको कर्तव्यबाट राजीनामा दिएको बताए । राष्ट्रपति भवनबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले भविष्यप्रति आशावादी रहेको र नयाँ विजयको अपेक्षा गरेको बताए ।

वुसिकले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णयले आफ्नो पार्टीलाई विद्यार्थी आन्दोलनको सामना गर्दै निर्वाचनमा बलियो बनाउन खोजेको देखिएको छ । हालै उनले सरकार समर्थक सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा देशका विभिन्न भागको भ्रमण गरी सडक उद्घाटन, सहायता रकम तथा सस्तो औषधि वितरण र मतदातासँग भेटघाट गरेका छन् ।

राष्ट्रपतिको पद छाडेपछि निकट सहयोगी तथा पूर्वप्रधानमन्त्री एना ब्रनाबिक कार्यवाहक राष्ट्रपति बन्नेछन् । उनी हाल २५० सदस्यीय संसद्को अध्यक्ष रहेका छन् । वुसिकका अनुसार संविधानअनुसार ९० दिनभित्र प्रारम्भिक राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गर्नुपर्नेछ ।

वुसिक र उनको पार्टीमाथि भ्रष्टाचार, सङ्गठित अपराधसँग सम्बन्ध तथा आलोचनात्मक सञ्चारमाध्यममाथि दबाब दिएको आरोप लाग्दै आएको छ । स्वतन्त्र सामाजिक अनुसन्धान ब्युरोले सार्वजनिक संस्थाको दुरुपयोग गरेको आरोपमा उनी विरुद्ध उजुरीसमेत दिएको छ । वुसिकले ती आरोप अस्वीकार गरेका छन् ।

विद्यार्थी समर्थित चुनावी सूचीमा प्राध्यापक, शिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रका विज्ञ र अन्य व्यक्तिलाई समेटिएको छ । विद्यार्थी समूहले कानूनको शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको छ । वुसिकका सहयोगी, समाजवादी पार्टी, युरोपेली सङ्घ (इयु) समर्थक विपक्षी गठबन्धन तथा अन्य साना समूह पनि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रपति वुसिकले आफूले पद छाड्नुअघि ४९ जनालाई माफी दिएको र तीमध्ये २३ जना विरोध प्रदर्शनका क्रममा मुद्दा चलाइएका व्यक्ति रहेको बताएका छन् । उनले आफ्ना विरोधी तथा आलोचनात्मक सञ्चारमाध्यममाथि विदेशी प्रभावमा राज्यलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएका छन् । आइतबार उनले विदेशी शक्ति तथा देशभित्रका अज्ञात व्यक्तिले निर्वाचनको रात अशान्ति फैलाउने योजना बनाएको दाबी गरे ।

युरोपेली सङ्घ (इयु) मा सदस्य बन्ने सर्बियाको प्रयास पनि वुसिकको नेतृत्वमा प्रभावित भएको छ । युक्रेनमा रुसको युद्धलाई लिएर रुसमाथि लगाइएका प्रतिबन्धमा सर्बिया सहभागी हुन अस्वीकार गर्दै आएको विषय त्यसको एउटा कारणका रूपमा उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय