ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रेखा थापा, निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्काको मुख्य अभिनय रहेको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। सबिर श्रेष्ठ निर्देशित यो फिल्म मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। सोमबार अभिनेत्री निरूता सिंहको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मले प्रदर्शन मिति तय गरेसँगै प्रचारप्रसारलाई समेत तीव्रता दिने तयारी गरेको निर्माण पक्षले जनाएको छ। फिल्मको पहिलो गीत भने घटस्थापनाका दिन सार्वजनिक गरिने भएको छ।

फिल्मको कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ। फिल्ममा रेखा थापा र पूजा शर्मा फरक भूमिकामा प्रस्तुत छन्। यसअघि सार्वजनिक फिल्मको पोस्टरले पनि दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो।

पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्थ्यो। पोस्टरमा रेखाको पात्र संघर्षपछि प्राप्त सफलताको भावमा देखिँदा पूजाको पात्र भने प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको थियो। 

फिल्ममा रेखाको जोडीका रूपमा महेश त्रिपाठी देखिँदा पूजासँग पुष्प खड्का जोडीका रूपमा प्रस्तुत हुँदैछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा एकसाथ पर्दामा देखिन लागेका हुन् ‘छत्तीसको आँकडा’मार्फत रेखा थापा र निरूता सिंहले लामो समयपछि सहकार्य गरेका हुन्। यी दुईले यसअघि फिल्म ‘दुई पल’मा सँगै अभिनय गरेका थिए।

निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्। यस्तै, रेखा र पूजाले ‘उपहार’पछि पुनः एकसाथ काम गरेका हुन्।’छत्तीसको आँकडा’को नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय