ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

ग्लोबल आइएमई बैंकले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा २०औं वार्षिक साधारणसभा आगामी असोज १६ गते आयोजना गर्ने भएको छ।दुई दशकको यात्रामा बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल बैंकिङ तथा व्यवसायिक पहुँच विस्तार गर्दै आएको जनाएको छ।

बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटिएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्।विदेशमा तीनवटा प्रतिनिधि कार्यालयसमेत रहेका छन्।

विभिन्न सेवा माध्यममार्फत बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ।आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७०० अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

त्यस्तै, कुल कर्जा ४७६ अर्ब ८४ करोड रूपैयाँ र चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रूपैयाँ पुगेको बैंकले जनाएको छ।उक्त आर्थिक वर्षमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रूपैयाँ खुद नाफा कमाएको छ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो।

सो अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ।बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।

डिजिटल बैंकिङमा जोड

ग्लोबल आइएमई बैंकले नयाँ पुस्ताका ग्राहकको बदलिँदो बैंकिङ आवश्यकतालाई सम्बोधन गर्न डिजिटल बैंकिङलाई आफ्नो दीर्घकालीन रणनीतिको प्रमुख हिस्सा बनाएको जनाएको छ।

बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ डिजिटल प्लेटफर्मलाई निरन्तर परिस्कृत गर्दै एउटै माध्यमबाट विभिन्न बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ।

प्लेटफर्ममा व्यक्तिगत वित्तीय व्यवस्थापनसम्बन्धी सुविधा थप गरिएको बैंकको भनाइ छ।डिजिटल प्लेटफर्ममार्फत आइपिओ आवेदनलगायत पुँजी बजारसम्बन्धी सेवामा ग्राहकको पहुँच सहज बनाइएको छ।डिजिटल फन्ड ट्रान्सफरलगायत दैनिक बैंकिङ कारोबारलाई सहज बनाउने सुविधासमेत विस्तार गरिएको बैंकले जनाएको छ।

कर्पोरेट ग्राहकका लागि डिजिटल बैंकिङ सेवाहरू थप सुदृढ गर्दै वित्तीय कारोबार तथा सेवा व्यवस्थापनलाई डिजिटल माध्यमबाट सहज बनाउने बैंकको योजना छ।साथै, अनलाइन अकाउन्ट ओपनिङ तथा भिडिओ केवाइसी सुविधा विस्तार गर्ने तयारीसमेत बैंकले गरेको छ।

विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट बैंकिङ सेवामा जोड्न ‘एनआरएन तथा ओभरसिज बैंकिङ डिपार्टमेन्ट’ स्थापना गरिएको बैंकले जनाएको छ।विदेशमा रहेका ग्राहकको समय क्षेत्रअनुसार सेवा उपलब्ध गराउने उद्देश्यले ओभरसिज बैंकिङ सेवालाई थप संस्थागत गर्ने काम भइरहेको बैंकको भनाइ छ।

नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै नयाँ डिजिटल तथा आधुनिक बचत उत्पादन विस्तार गर्ने योजना पनि बैंकले अघि सारेको छ।डिजिटल माध्यमबाट बचत, लगानी तथा दैनिक कारोबारमा ग्राहकको सहभागिता बढाउने गरी नयाँ उत्पादन तथा सेवा विकासमा जोड दिइने बैंकले जनाएको छ।

बैंकले शाखाबाहेकका माध्यमबाट सेवा विस्तार गर्न डिजिटल बैंकिङ तथा अन्य वैकल्पिक सेवा माध्यमलाई समेत विस्तार गरिरहेको छ।आगामी दिनमा डिजिटल ब्रान्च, डिजिटल लेन्डिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल ग्राहक अनबोर्डिङलाई थप विस्तार गर्ने बैंकको रणनीति छ।बैंकका अनुसार यी पहलमार्फत नयाँ पुस्ताका ग्राहक, डिजिटल कारोबार र व्यवसायिक अवसरलाई एकसाथ विस्तार गर्ने लक्ष्य राखिएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय