ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं । प्रदर्शनरत फिल्म ‘बा : एक योद्वा’ले दर्शकको साथ पाउन थालेको छ । प्रदर्शनको पाँचौ दिनसम्म आइपुग्दा दर्शकीय फुटफलमा वृद्धि भएको देखिन्छ ।

प्रदर्शनको पहिलो सप्ताहन्त लगातारको झरीले बिथोलेको दर्शक आगमनको लय भने अहिले फर्किएको छ । निर्माता वसन्त लम्सालले मंगलबारदेखि हलमा दर्शकको चापमा वृद्धि भएको उल्लेख गरे ।

मंगलबार अधिकांश हलमा आधा सस्तो टिकट (डील डे) सुविधा पनि उपलब्ध हुन्छ । जसको कारण, कतिपय दर्शक यो सुविधा उपभोग गर्न हलसम्म पुग्छन् । यसको परिणाम मंगलबारको अकुपेन्सीमा देखिएको थियो । उक्त दिनमा देशभर ७९ रहेको जनाइएको छ ।बुधबार फिल्मको शोज संख्यामा वृद्धि भएको निर्माता लम्सालले बताए । उनका अनुसार, देशभर फिल्मले १ सयभन्दा धेरै शोज प्राप्त गरेको छ ।

फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको समेत निर्माता लम्सालले जनाए । फिल्ममा दिव्यदेव पन्तको शीर्ष भूमिका छ । उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका छन् ।यीबाहेक झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय पनि छ ।

हरि लम्सालको पटकथा लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बा : एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । अनिल बुढाथोकी कार्यकारी निर्माता हुन् । कृष्ण काफ्ले सह-निर्माताका रूपमा छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय