ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बुटवल । लुम्बिनी प्रदेशसभाका ६ वटा विषयगत समितिले आर्थिक वर्ष २०८२/८३ मा १०३ वटा बैठक गरेका छन्। प्रदेशसभा सचिवालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै बैठक अर्थ, उद्योग तथा पर्यटन समितिले गरेको छ।

अर्थ, उद्योग तथा पर्यटन समितिले एक वर्षमा २४ वटा बैठक गरेको छ। त्यसपछि कृषि, वन तथा वातावरण समितिले २१, प्रदेश मामिला तथा कानुन समितिले १७, सार्वजनिक लेखा समितिले १६ र भौतिक पूर्वाधार तथा विकास समितिले १५ वटा बैठक गरेका छन्। सामाजिक विकास समितिले भने सबैभन्दा कम १० वटा बैठक गरेको छ।

प्रदेशसभा सचिवालयका अनुसार विषयगत समितिका बैठकमा विधेयक, सरकारका कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन तथा विभिन्न समसामयिक विषयमा छलफल र निर्णय हुने गरेका छन्।

विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति र प्रदेश मामिला तथा कानुन समितिले उपसमितिसमेत गठन गरेर काम गरेका छन्। सार्वजनिक लेखा समितिको उपसमितिको ८ पटक र प्रदेश मामिला तथा कानुन समितिको उपसमितिको २ पटक बैठक बसेको सचिवालयले जनाएको छ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमार बुढाका अनुसार प्रदेश सुशासन ऐनसम्बन्धी विषय अध्ययन गर्न भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। उक्त उपसमितिले अध्ययन गरी प्रतिवेदन बुझाएपछि सदनमा प्रस्तुत गरिएको उनले रातोपाटीलाई बताए।

त्यस्तै, सहकारी विधेयकसम्बन्धी अध्ययनका लागि इन्द्रजित थारूको संयोजकत्वमा अर्को उपसमिति गठन गरिएको उनले जानकारी दिए। उक्त उपसमिति अहिले प्रतिवेदन लेखनको क्रममा रहेको उनले बताए।

सार्वजनिक लेखा समितिकी सभापति मीना पुनका अनुसार महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गर्न र त्यसको कार्यान्वयनका लागि सरकारलाई दबाब दिन उपसमिति गठन गरिएको हो।‘महालेखाको प्रतिवेदन अध्ययन गर्ने र कार्यान्वयनका लागि सरकारलाई आवश्यक दबाब दिने उद्देश्यले उपसमिति गठन गरेका हौँ,’ उनले भनिन्।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री रामजी घिमिरेले विषयगत समितिले सरकारलाई समय–समयमा निर्देशन दिँदै आएको बताए।‘समितिले दिएको निर्देशन सरकारले गर्दैन भन्न मिल्दैन। हामीले सक्ने जति कानुन र नियमअनुसार कार्यान्वयन गरेका छौँ,’ उनले भने।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय