ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले ट्रान्सक्रिप्ट लिन चरम सास्ती खेप्नुपरेको छ । अनलाइनबाट आवेदन दिए पनि ट्रान्सक्रिप्ट प्राप्त गर्न महिनौँ कुर्नुपरेको पीडित विद्यार्थीहरूको गुनासो छ । 

सम्बन्धित क्याम्पस तथा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिका कारण नाम, रजिस्ट्रेसन नम्बर र बाबुको नाम सच्याउनुपर्दा अनावश्यक झन्झट बेहोर्नुपरेको उनीहरू बताउँछन् । त्रिविले ट्रान्सक्रिप्टलगायत शैक्षिक प्रमाणपत्र वितरण प्रक्रिया सहज बनाउन अनलाइन प्रणाली सुरु गरे पनि विद्यार्थीको सास्ती घट्न सकेको छैन । अनलाइनमार्फत भौचर भरेर राजस्व बुझाए पनि उक्त भौचर डाउनलोड गरी पुनः परीक्षा नियन्त्रण कार्यालय (पनिका) मै पुगेर भौतिक रूपमा दर्ता गराउनुपर्ने बाध्यता कायमै छ ।

शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी सङ्कायअन्तर्गत ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि राजस्व काटिए पनि सोही भौचरका आधारमा सहजै प्रमाणपत्र नदिइने र पुनः फाराम भरेर छाप लगाउनुपर्नेजस्ता झन्झटले अनलाइन सेवाको औचित्यमाथि नै प्रश्न उठाएको छ । तोकिएको समयसीमाभित्र प्रमाणपत्र नपाइने तथा पुराना ढड्डा र कागजी प्रक्रियामै निर्भर रहनुपर्ने प्रवृत्तिका कारण विद्यार्थीहरू अझै पनि घण्टौँ लाइन बस्न बाध्य छन् ।

जनप्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरेका दीपक ऐरले सम्पूर्ण प्रक्रिया पूरा गरी राजस्व बुझाएको नौ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् । प्रथम र द्वितीय वर्ष उत्तीर्ण भई ग्रेडसिटसहित अघिल्लो वर्षको कात्तिक २९ गते नै परीक्षा नियन्त्रण कार्यालयमा भौचर बुझाएका ऐरलाई कर्मचारीहरूले ‘बनेको छैन’ भन्दै बारम्बार फर्काउने गरेका छन् । 

तोकिएको समयसीमाभित्र सेवा नपाएर महिनौँसम्म कार्यालय धाउनुपर्ने यस्तो बाध्यताले विश्वविद्यालयको सेवा प्रवाह र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । ऐरका अनुसार कार्यालय पुग्दा कर्मचारीहरू प्राविधिक त्रुटि (टेक्निकल एरर) र सफ्टवेयरको बहाना बनाउँदै जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन् । 

कहिले सफ्टवेयर निर्माता प्राविधिक बिदामा रहेको त कहिले बाहिरबाट प्राविधिक बोलाउनुपर्ने जवाफ दिएर उनलाई अलमल्याइएको थियो । पटक–पटक कार्यालय धाउँदा र सम्पर्क नम्बर छाडेर आउँदा पनि कर्मचारीले फोन नउठाउने तथा सन्देशको जवाफसमेत नदिने गरेपछि बल्खुस्थित पनिका परिसरमा भनाभन र तनावको स्थितिसमेत सिर्जना भएको थियो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय