काठमाडौँ । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन् । काठमाडौँको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई मुख्यमन्त्री किरण थापा मगरले नियुक्त गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोकालाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो । उनीसँगै आयोगको सदस्यमा तीन जना नियुक्त भएका छन् । आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापा नियुक्त भएका छन् ।नियुक्त भएका रोका र दीपक नेकपा एमालेबाट रहेका छन् भने सुरेन्द्रवर राप्रपाबाट तथा गौतम नेकपाको सिफारिसमा नियुक्त भएका हुन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।