ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाल क्रिकेट संघ (क्यान) ले असोज २३ देखि ओमानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोलीमा एसिसी प्रिमियर कप जितेकै खेलाडीहरुले निरन्तरता पाएका छन्। ओपनर कुशल भुर्तेलसहित सोमपाल कामी टोलीमा समावेश छैनन्। 

यो सिरिजमा नेपाल र ओमानसहित क्यानडाबीच प्रतिस्पर्धा हुँनेछ। लिग-२ साइकलको नेपालले आफ्ना ८ सिरिजका ३२ खेल खेलिसकेको छ। अब ओमानमा चार खेल खेलेसँगै नेपालले लिग-२ का सबै ३६ खेल खेल्नेछ। नेपालले सिरिजमा पहिलो खेल असोज २५ गते क्यानडासँग खेल्नेछ।

लिग-२ का आठ टोलीमध्ये नेपाल २४ अंकसहित अंक तालिकाबाट पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। लिग-२ मा सबै खेल खेलेको शीर्ष स्थानको स्टकल्यान्डको ३६ खेलबाट ४५ अंक छ। अन्तिम सिरिज खेल्न बाँकी दोस्रो स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक र तेस्रो स्थानको नेदरल्यान्ड्सको

समान खेलबाट ३८ अंक छ। तीनै टोलीले शीर्ष चार स्थान पक्का गरेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्। चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक,  पाँचौ स्थानको नामिबियाको ३२ खेलबाट २८ अंक  र छैटौं स्थानको क्यानडाको ३२ खेलबाट २५ अंक छ। 

नेपाल  ३२ खेलबाट २४ अंक जोडेर सातौं र अन्तिम स्थानको युएईको २८ खेलबाट १८ अंक छ।

नेपाली टोली 
१ सन्दीप लामिछाने (कप्तान)
२ आसिफ सेख
३ दीपेन्द्र सिंह ऐरि
४ देव खनाल
५ ईशान पाण्डे
६ रोहित पौडेल
७ अर्जुन कुमाल
८ सन्दीप जोरा
९ गुलशन झा
१० बसिर अहमद
११ करण केसी
१२ नन्दन यादव
१३ ललित राजवंशी
१४ साहब आलम
१५ शेर मल्ल 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय