ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

विराटनगर। नेपाली कांग्रेसको आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको भन्दै विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्।

विराटनगर–१९ का निवर्तमान वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि शेषराज राजवंशीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अधिवेशनका क्रममा देखिएको असमानता, चरम गुटबन्दी तथा माथिल्लो तहको अवाञ्छित हस्तक्षेपप्रति तीव्र असन्तुष्टि जनाउँदै पदत्याग गर्ने निर्णय गरेको हो।बैठकपछि जारी विज्ञप्ति अनुसार पार्टी नेतृत्वले आफू अनुकूलका व्यक्तिहरूलाई मात्र अगाडि सार्दा तल्लो तहका निष्ठावान् कार्यकर्ताको भावना उपेक्षित भएको र आन्तरिक लोकतान्त्रिक प्रक्रिया नै कमजोर बनेको छ। अधिवेशनका क्रममा आम कार्यकर्ताको चाहनाभन्दा पनि शक्ति र पहुँचवालाको दबाब हाबी भएको आरोप उनीहरूले लगाएका छन्।

पार्टी नेतृत्वले कांग्रेसलाई ‘लास र दासको पार्टी होइन’ भनी दाबी गरे पनि व्यवहारमा त्यसको ठिक विपरीत अभ्यास भइरहेको प्रतिनिधिहरूको गुनासो छ। केन्द्रबाट जारी नीति–निर्देशनहरूको समेत उल्लङ्घन गर्दै गुटगत राजनीति लादिएका कारण अधिवेशनबाट पार्टी रूपान्तरणको कुनै आभास हुन नसकेको उनीहरूको ठहर छ।

पार्टीलाई परम्परागत गुटगत घेराबाट मुक्त गर्दै स्थानीयदेखि केन्द्रीय तहसम्म नै सङ्गठनात्मक सुधार र नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै वडाबाट निर्वाचित सबै ३३ जना प्रतिनिधिले सामूहिक राजीनामा दिएका हुन्। उक्त वडा नेता गुरुराज घिमिरेको गृह वडासमेत हो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय