ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसको सप्तरी क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।अधिवेशनबाट शम्भुलाल देव क्षेत्रीय सभापति सर्वसम्मत चयन भएका छन्।कांग्रेसभित्रको आन्तरिक मतभेद र मनमुटाव कम गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न राष्ट्रिय सभा सांसद रञ्जित कर्णले पहल गरेका थिए।

यहाँ पार्टीभित्रको आन्तरिक द्वन्द्वको प्रभाव वडादेखि स्थानीय तह हुँदै प्रदेशसभा निर्वाचनसम्म परेको र त्यसका कारण कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्थानीय नेताहरूको बुझाइ छ।

यसपटक भने कर्णको पहलमा कांग्रेसका विभिन्न पक्षबीच संवाद र सहमतिको वातावरण निर्माण गरिएको बताइएको छलामो  समयदेखिको आन्तरिक असमझदारीलाई कम गर्दै सबै कांग्रेसजनलाई समेटेर शम्भुलाल देवको नेतृत्वमा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न भएपछि क्षेत्र नं. २ का स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको कर्णले जानकारी दिए।

नवनिर्वाचित सभापति शम्भुलाल देवले सबै पक्षलाई समेटेर संगठनलाई थप सक्रिय र बलियो बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय