ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र मुख्य प्रशिक्षक जर्ज जेसुसबीचको विवादले राष्ट्रिय टोलीभित्रको वातावरणलाई थप चर्चामा ल्याएको छ।नर्वेविरुद्धको नेसन्स लिग खेलमा रोनाल्डोलाई पहिलोपटक लामो समयपछि राष्ट्रिय टोलीको खेलमा बेन्चमै सीमित गरिएको थियो। पोर्चुगलले उक्त खेल २–१ ले जिते पनि रोनाल्डो मैदान प्रवेश गर्न पाएनन्।

सन् २००८ पछि पहिलोपटक रोनाल्डो आफ्नो देशका लागि प्रयोग नै नभएका सब्स्टिच्युट बनेका थिए। बिबिसीसँग कुरा गर्दै स्पेनिस फुटबल विशेषज्ञ गिलेम बालागेले रोनाल्डोलाई दोस्रो हाफभरजसो वार्मअप गराएर पनि मैदानमा नपठाइएको बताए।

उनका अनुसार फुटबलमा केही स्थापित खेलाडीका लागि एउटा ‘अलिखित नियम’ जस्तै हुन्छ।पेले, डिएगो म्याराडोना, लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोसँग त्यसरी व्यवहार गरिँदैन भन्ने मान्यता छ,’ बालागेले भनेका छन्।जेसुसले भने रोनाल्डोसँग कुनै विवाद नरहेको दाबी गरेका थिए। तर त्यसपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडे। उनले आफ्नो निर्णयको वास्तविक कारण ‘समय आएपछि’ बताउने संकेत गरेका छन्।

बालागेका अनुसार रोनाल्डोसँग निकट रहेका केही पत्रकारले घटनाको पूर्ण विवरण पछि सार्वजनिक हुने बताइरहेका छन्। उनका अनुसार रोनाल्डोलाई केही कुरा भनिएको वा आश्वासन दिइएको हुन सक्ने र त्यो पूरा नभएको हुनसक्छ।

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीसँगको यात्रा यही घटनाबाट अन्त्य गर्न नचाहने भए पनि विवाद सहजै समाधान हुने अवस्था नरहेको बालागेको विश्लेषण छ।

पोर्चुगिज फुटबल विशेषज्ञ मार्कस अल्भेसका अनुसार रोनाल्डो र जर्ज जेसुसबीच टकराव हुनु धेरैका लागि आश्चर्यजनक भए पनि यी दुई व्यक्तित्व एउटै ड्रेसिङ रुममा हुँदा यस्तो अवस्था आउन सक्ने अनुमान पहिल्यै गर्न सकिन्थ्यो।

रोनाल्डोलाई पोर्चुगलको इतिहासकै महान् खेलाडीमध्ये एक मानिन्छ भने जेसुस आफ्नो स्पष्ट र कडा शैलीका लागि परिचित छन्।रोबर्टो मार्टिनेजको तुलनामा जेसुसको शैली निकै प्रत्यक्ष र कडा रहेको विश्लेषण गरिएको छ। उनी खेलाडीको प्रतिष्ठाभन्दा टोलीका नियमलाई प्राथमिकता दिने प्रशिक्षकका रूपमा प्रस्तुत हुँदै आएका छन्।

पोर्चुगलका पछिल्ला पाँच प्रशिक्षकमध्ये चार जनासँग रोनाल्डोको कुनै न कुनै किसिमको समस्या देखिएको तथ्यसमेत विश्लेषणमा उल्लेख गरिएको छ। कार्लोस क्वेइरोज, पाउलो बेन्टो, फर्नान्डो सान्तोसपछि जेसुससँग पनि उनको सम्बन्ध तनावपूर्ण बनेको छ।

यसले रोनाल्डोको व्यक्तिगत विवादभन्दा बाहिर राष्ट्रिय टोलीको वातावरण र टोलीको प्राथमिकताबारे पनि बहस बढाएको छ।रोनाल्डोले पोर्चुगलका लागि ऐतिहासिक योगदान दिएका छन्। उनले पोर्चुगललाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन् र युरोपियन च्याम्पियनसिप इतिहासका पनि सर्वाधिक गोलकर्ता हुन्।

तर पछिल्ला वर्षमा राष्ट्रिय टोलीमा रोनाल्डोको भूमिकालाई लिएर बहस निरन्तर हुँदै आएको छ।सन् २०२२ को विश्वकपको नकआउट चरणमा तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राखेका थिए। त्यसपछि पनि रोनाल्डो राष्ट्रिय टोलीको पहिलो रोजाइमा फर्किएका थिए।
अर्कोतर्फ, पछिल्ला केही वर्षको तथ्यांकले रोनाल्डोबिनाको पोर्चुगलको प्रदर्शनबारे पनि बहस गर्ने आधार दिएको छ।

पछिल्ला पाँच वर्षमा विश्वकप वा युरो छनोटका क्रममा रोनाल्डोले केवल दुई खेल गुमाएका छन्, दुवै खेलमा उनी निलम्बनमा थिए। ती दुवै खेलमा पोर्चुगलले ९–० र ९–१ को फराकिलो जित निकालेको थियो।

सन् २०१७ यता रोनाल्डोबिनाको पोर्चुगलको जित प्रतिशत ६४ प्रतिशत रहेको छ भने उनी खेल्दा ६३ प्रतिशत छ। त्यस्तै, रोनाल्डोबिनाको अवस्थामा पोर्चुगलले प्रतिखेल औसत २.७ गोल गरेको छ भने उनी खेल्दा यो औसत २.१ गोल रहेको तथ्यांकले देखाउँछ।

यसले रोनाल्डोको महान् अन्तर्राष्ट्रिय योगदान र उनको वर्तमान भूमिकाबारे पोर्चुगलमा चलिरहेको बहसलाई थप रोचक बनाएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय