ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

चलचित्र निर्देशक मीन भामले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।मुगुबाट महाधिवेशन प्रतिनिधि चयन भएका भामले ‘पिछडिएको क्षेत्र’बाट सहमहामन्त्रीमा उम्मेदवारी दिने जानकारी दिएका छन्।

भाम चलचित्र निर्देशनसँगै लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्।उनले कांग्रेसको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन्।उनी २०७८ को स्थानीय तह निर्वाचनका लागि कांग्रेसको घोषणापत्र लेखन समितिमा बसेर काम गरेका थिए।२०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गठन गरेको घोषणापत्र लेखन समितिमा पनि उनी सदस्य थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनको नाम कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा समेत समावेश थियो।पछिल्लो समय उनी कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्य छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय