ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रौतहट । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्।

भारततर्फ ठुलो परिमाणमा लागूऔषध लैजाँदै गरेको विशेष सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोली परिचालन गरिएको थियो।

टोलीले शनिबार साँझ वीरगन्जबाट रक्सौलतर्फ आउँदै गरेको शंकास्पद ई–रिक्सा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा रिक्साभित्र राखिएको बोराबाट २२ वटा कालो प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय प्रहरीले जनाएको छ।

चरेससहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–छपकैया निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन्।एसएसबीका अनुसार पक्राउ परेका चौधरीलाई बरामद चरेससहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार बरामद लागूऔषध मकवानपुर जिल्लाका विभिन्न स्थानबाट ल्याएर बारा र पर्सा हुँदै भारततर्फ लैजान खोजिएको प्रारम्भिक विवरण छ।नेपाली भूभाग हुँदै ठुलो परिमाणमा लागूऔषध वीरगन्जसम्म ल्याएर सीमावर्ती क्षेत्र पार गर्न खोजिएको घटनाले नेपालतर्फको सुरक्षा तथा चेकजाँच प्रणालीबारे पनि प्रश्न उठाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय