ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

अजय देवगन स्टारर फिल्म ‘दृश्यम ३’ (दृश्यम: द कन्क्लुजन)ले बक्स अफिसमा बलियो सुरूआत गरेको छ। फिल्मले प्रदर्शनको दुई दिनमै विश्वव्यापी १७७ करोड भारू ग्रस कलेक्सन गरेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार शुक्रबार र शनिबारको कमाइ जोड्दा फिल्मले भारतमा मात्रै ११५.५० करोड भारू नेट कमाएको छ। शुक्रबार फिल्मले भारतमा ६२ करोड भारू नेट कमाएको थियो भने शनिबार ५३.५० करोड भारू नेट थपेको हो। यससँगै दुई दिनमा फिल्मको घरेलु ग्रस कलेक्सन १३८.६० करोड रूपैयाँ पुगेको छ।

व्यापारसम्बन्धी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले फिल्मले हालसम्म अन्तर्राष्ट्रिय बजारबाट करिब ४ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ। यही कमाइ जोड्दा फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १७७ करोड भारू पुगेको हो।

फिल्मको पहिलो दिनको विश्वव्यापी कमाइ ९३ करोड भारू थियो। दोस्रो दिन केही सुस्त भए पनि फिल्मले बलियो व्यापारलाई निरन्तरता दिएको छ। यससँगै ‘दृश्यम ३’ यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्मको सूचीमा माथि उक्लिरहेको छ।

रोचक कुरा के छ भने ‘दृश्यम ३’ले आफ्नो पहिलो भाग ‘दृश्यम’को लाइफटाइम कलेक्सनलाई समेत केवल दुई दिनमै उछिनेको छ। सन् २०१५ मा रिलिज भएको पहिलो ‘दृश्यम’ले प्रदर्शन अवधिभर भारतमा करिब ९३ करोड भारू ग्रस र विश्वभर करिब १३६ करोड भारू कमाएको थियो।

त्यस्तै, ‘दृश्यम ३’ले सलमान खानको ‘सिकन्दर’को १७६ करोड भारूको लाइफटाइम कलेक्सनलाई समेत पछाडि पारेको छ। फिल्मको अग्रिम बुकिङले नै यसको बलियो सुरूआतको संकेत दिएको थियो। ‘दृश्यम ३’ हिन्दी फिल्ममध्ये पहिलो दिनको अग्रिम बुकिङबाट सर्वाधिक कमाउने फिल्मको सूचीमा चौथो स्थानमा थियो। प्रदर्शनको दिनसम्म यसको अग्रिम बुकिङ ५० करोड भारूभन्दा बढी पुगेको थियो।

अभिषेक पाठक निर्देशित ‘दृश्यम ३’मा अजय देवगनसँगै तब्बु, श्रिया सरन, जयदीप अहलावत, इशिता दत्ता, रजत कपुर, प्रकाश राज, मृणाल जाधवलगायत कलाकारको अभिनय छ।

‘दृश्यम ३’ अक्टोबर २ देखि विश्वव्यापी प्रदर्शनमा आएको हो। फिल्म नेपालमा पनि भारतसँगै एकसाथ रिलिज भएको हो। नेपालमा समेत फिल्मले राम्रो सुरूआत गरेको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय