नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दाङका युवा नेता कमलकिशोर घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।दाङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित घिमिरेले पार्टीलाई एकढिक्का बनाउँदै संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
युवा पुस्ताको सक्रिय सहभागिता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको घिमिरेको भनाइ छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।