ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी इरानी प्रतिनिधि मण्डलका दुई सदस्यलाई अमेरिकाले देश निकाला गरेको छ।संयुक्त राष्ट्र महासभा सकिएको केही दिनपछि पनि ती दुई इरानी कूटनीतिज्ञ न्यूयोर्कमै बसेपछि उनीहरूलाई अमेरिकाबाट बाहिर पठाइएको एक अमेरिकी अधिकारीको हवाला दिँदै एक्सियसले लेखेको छ।

‘विदेश मन्त्री मार्को रुबियो कडा हुनुहुन्छ। संयुक्त राष्ट्र महासभा सकिएको लामो समयपछि पनि इरानी प्रतिनिधि मण्डलका थप दुई सदस्य न्यूयोर्कमै रहेको पाइयो। उनीहरूलाई अहिले देशबाट बाहिर पठाइएको छ,’ ती अमेरिकी अधिकारीले भने।

अमेरिकी विदेश मन्त्री रुबियोको निर्देशनमा उनीहरूलाई अमेरिकाबाट बाहिर जान भनिएको थियो। तर उनीहरूले अमेरिकी विदेश मन्त्रालयको निर्देशन पालना नगरेको अमेरिकी अधिकारीको भनाइ छ।

अमेरिकी विदेश मन्त्रालयले गत सोमबार संयुक्त राष्ट्रसंघका लागि रहेको इरानी नियोगलाई महासभामा सहभागी सम्पूर्ण प्रतिनिधिमण्डललाई तत्काल अमेरिका छाड्न निर्देशन दिएको थियो।

तर दुई इरानी कूटनीतिज्ञ भने त्यसपछि पनि न्युयोर्कमै रहेको अमेरिकाले पत्ता लगाएको थियो |शुक्रबार अमेरिकी अधिकारीहरूले इरानी नियोगलाई ती दुई कूटनीतिज्ञ अझै न्युयोर्कमै रहेको जानकारी गराएका थिए। उनीहरूलाई तत्काल अमेरिका छाड्न फेरि निर्देशन दिइएको थियो।

अमेरिकी अधिकारीका अनुसार तीमध्ये एक जना शुक्रबार राति न्युयोर्कबाट बाहिरिएका थिए। अर्का कूटनीतिज्ञले भने शनिबार बिहान अमेरिका छाडेका थिए।

अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेका बेला यो घटना भएको हो। दुई देशबीच युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास कमजोर बन्दै गएको र पुनः सैन्य संघर्षको सम्भावना बढिरहेका बेला इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरिएको हो।

अमेरिकी अधिकारीका अनुसार यो घटनाले इरानसँगको मामिलामा अमेरिकी सरकार कडा रूपमा प्रस्तुत भइरहेको संकेत गर्छ।इरानको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलका सदस्यलाई अमेरिका छाड्न दिइएको निर्देशन र त्यसको कार्यान्वयनले दुई देशबीचको कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय