ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ।२०७८ मा भएको १४ औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो।

तर अहिले १५ औं महाधिवेशन उद्घाटन गरेर बन्द सत्र सुरू गर्नुअघि केन्द्रीय समिति २८१ सदस्यीय बनाउने समझदारी नेताहरूबीच भएको छ।विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव छ र उक्त प्रस्ताव आज महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन भई बन्द सत्रमा पेस गर्ने तयारी छ।

अब कांग्रेसमा एक सभापति, १ वरिष्ठ उपसभापति, एक महिलासहित ३ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले सेतोपाटीलाई बताए।

उनकाअनुसार एक महिलासहित ३ महामन्त्री रहनेछन्।सहमहामन्त्री भने ११ जना निर्वाचनबाट र ३ जना मनोनीत रहनेछन्। ३ मनोनीतमध्ये एक जना महिला अनिवार्य गरिएको छ।‘पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ, अब केन्द्रीय समिति २८१ सदस्यीय हुने देखिन्छ,’ उनले भने।

खुलातर्फ केन्द्रीय सदस्य ४५ जना रहनेछन् भने खुला महिलातर्फ १७ जना रहनेछन्। ‘हरेक कलस्टरमा पहिलेभन्दा संख्या बढाइएको छ,’ उनले भने।कांग्रेसमा आकांक्षी धेरै हुँदा नेताहरू व्यवस्थापनका लागि केन्द्रीय समिति संख्या वृद्धि गर्न लागिएको हो।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय