ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

तेहरान ।  इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य सुधार आएको छ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि तेल निर्यात केही दिन दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा माथि पुगेको समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरको तथ्यांकले देखाएको छ ।

केप्लरका अनुसार सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट कम्तीमा दैनिक एक करोड ६५ लाख ब्यारेल कच्चा तेल निर्यात भएको थियो । मार्चको तुलनामा यो ठूलो सुधार हो । मार्चमा क्षेत्रबाट दैनिक औसत करिब ६० लाख ब्यारेल मात्र तेल बाहिरिएको थियो ।

तेल निर्यात बढे पनि त्यसको बाटो भने परिवर्तन भएको छ । युद्धअघि मध्यपूर्वको अधिकांश कच्चा तेल होर्मुज जलडमरूमध्य हुँदै बाहिरिने गरेको थियो । अहिले करिब ४० प्रतिशत तेल उक्त जलडमरूमध्य प्रयोग नगरी वैकल्पिक बाटोबाट निर्यात भइरहेको केप्लरले जनाएको छ ।

साउदी अरब र संयुक्त अरब इमिरेट्सले आफ्ना पाइपलाइनको प्रयोग बढाएका छन् । लाल सागर हुँदै हुने तेल ढुवानी पनि बढेको छ । यसले होर्मुज जलडमरूमध्यमा निर्भरता घटाउन सहयोग गरेको छ ।

साउदी अरबको पाइपलाइन पुनः सञ्चालन

साउदी अरबले पूर्व–पश्चिम तेल पाइपलाइन पुनः सञ्चालन गरेपछि तेल निर्यातलाई वैकल्पिक मार्गबाट पठाउन सहज भएको छ । उक्त पाइपलाइनले देशको पूर्वी क्षेत्रमा रहेका तेल क्षेत्रलाई लाल सागरस्थित यान्बु बन्दरगाहसँग जोड्छ ।

आक्रमणका कारण सेप्टेम्बरमा केही समय बन्द भएको पाइपलाइन सेप्टेम्बर २२ मा पुनः सञ्चालनमा आएको थियो । सुरुमा कम क्षमतामा सञ्चालन भए पनि यसले होर्मुज जलडमरूमध्यबाट तेल पठाउनुपर्ने दबाब घटाएको छ ।

केप्लरका अनुसार सेप्टेम्बरमा साउदी अरबबाट कम्तीमा दैनिक ५१ लाख ब्यारेल कच्चा तेल निर्यात भएको थियो । संयुक्त अरब इमिरेट्सबाट दैनिक करिब ३२ लाख ब्यारेल र इराकबाट करिब २६ लाख ब्यारेल निर्यात भएको अनुमान गरिएको छ ।

पानीजहाज परिवर्तन गरेर पनि तेल पठाइँदै

होर्मुज जलडमरूमध्य हुँदै जाने तेलको ठूलो हिस्सा बीच समुद्रमै एउटा पानीजहाजबाट अर्को पानीजहाजमा सार्ने गरिएको छ । यसरी तेललाई सुरक्षित वा वैकल्पिक मार्ग हुँदै गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको छ ।

केप्लरका अनुसार अगस्टमा होर्मुज हुँदै गएको कच्चा तेलमध्ये ७० प्रतिशतभन्दा बढी तेल समुद्रमै अर्को पानीजहाजमा सारिएको थियो ।

जोखिम भने अझै कायमै

तेल निर्यात बढे पनि अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणको जोखिम अझै रहेको छ । पछिल्ला दिनमा यस क्षेत्रमा धेरै पानीजहाजमाथि आक्रमणका घटना रिपोर्ट भएका छन् ।

इरानले जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । अनुमति बिना उक्त मार्ग प्रयोग गर्ने पानीजहाजहरू जोखिममा पर्न सक्ने अवस्था रहे पनि वैकल्पिक मार्ग र समुद्रमा पानीजहाज परिवर्तन गर्ने प्रणालीका कारण तेलको आवागमन बढेको छ ।

तेलको मूल्यमा पनि असर

मध्यपूर्वबाट तेलको आपूर्ति बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा केही दबाब परेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ०.७९ प्रतिशतले घटेर प्रतिव्यारेल १०१ डलर ४४ सेन्ट पुगेको थियो । अमेरिकी कच्चा तेलको मूल्य पनि १.२० प्रतिशतले घटेर प्रतिव्यारेल ९० डलर २ सेन्टमा पुगेको थियो ।

तर विज्ञहरूका अनुसार आपूर्ति बढ्दैमा क्षेत्रको अवस्था सामान्य भइसकेको मान्न सकिँदैन । तेल ढुवानीका वैकल्पिक बाटाहरू सञ्चालनमा आए पनि सुरक्षा जोखिम र बढ्दो ढुवानी खर्च अझै चुनौतीका रूपमा रहेका छन् ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय