नेपालगन्ज । नेपालगन्जस्थित एचसीआरसी हस्पिटलमा कोहलपुर–८, बाँकेकी ५७ वर्षीया महिलाको घुँडाको पूर्ण प्रत्यारोपण शल्यक्रिया सफल भएको छ।
आर्थोस्कोपिक सर्जन डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा विशेषज्ञ टोलीले सोमबार बिहान शल्यक्रिया गरेको हो। लामो समयदेखि घुँडाको समस्याका कारण दैनिक जीवनमा कठिनाइ भोग्दै आएकी उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हस्पिटलले जनाएको छ।
हस्पिटलले आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको सेवामार्फत हाडजोर्नीसम्बन्धी उपचारलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।