ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बलिउड अभिनेता सलमान खानको प्रतीक्षित फिल्म ‘मातृभूमि’ले प्रदर्शनको बाटो खोल्ने महत्वपूर्ण स्वीकृति पाएको छ। निर्माण पक्षले परिमार्जनसहित बुझाएको नयाँ संस्करणलाई भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका अधिकारीले स्वीकृति दिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिएका छन्। 

यो फिल्म ‘ब्याटल अफ गलवान’ नाममा घोषणा गरिएको थियो। सन् २०२० मा भारत र चीनका सैनिकबीच भएको गलवान द्वन्द्वमा आधारित फिल्मको विषयवस्तु र त्यसमा चीनको प्रस्तुतिलाई लिएर सरकारी तहमा चासो देखाइएको थियो। यही कारण यसअघि नै रिलिज हुने तयारी रहे पनि ढिलाइ भएको थियो। 

पछिल्लो समय भारत र चीनबीचको सम्बन्धमा सुधार आएको अवस्थामा फिल्मको विषयवस्तुलाई लिएर निर्माण पक्षले आवश्यक परिमार्जन गरेको बलिउड हंगामाले जनाएको छ। 

बलिउड हंगामासँग कुरा गर्दै एक स्रोतले नयाँ संस्करणबाट अधिकारीहरू सन्तुष्ट भएपछि गत साता फिल्मलाई एनओसी दिइएको बताएको छ। यसको अर्थ फिल्म अब सेन्सर प्रक्रियापछि हलमा प्रदर्शनका लागि अगाडि बढ्न सक्ने भएको हो।

रिपोर्टअनुसार सलमान खानले फिल्मलाई आगामी नोभेम्बर १३ मा रिलिज गर्ने तयारी गरिरहेका छन्। दीपावलीपछिको समय दर्शकहरू अझै उत्सवको मुडमा हुने भएकाले उक्त मिति फिल्मका लागि उपयुक्त हुने सलमानको विश्वास रहेको स्रोतको दाबी छ। 

यद्यपि, फिल्मले केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी)बाट प्रमाणपत्र पाउन बाँकी छ। निर्माण पक्षले छिट्टै फिल्मलाई सेन्सरका लागि बुझाउने तयारी गरेको बताइएको छ। यो प्रक्रिया यसै महिनाभित्र पूरा भएमा नोभेम्बर १३ को रिलिज सम्भावना बलियो हुने रिपोर्टमा उल्लेख छ। 

फिल्ममा सरकारी निर्देशनअनुसार ठूलो परिवर्तन गरिएको पनि स्रोतले जनाएको छ। ‘मातृभूमि’को नयाँ संस्करण पुरानो संस्करणको तुलनामा निकै फरक रहेको र यसमा भारत–चीन सम्बन्धको सकारात्मक पक्षलाई समेत प्रस्तुत गरिएको बताइएको छ। 

‘मातृभूमि’मा नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन्। सलमान खानसँगै चित्रांगदा सिंहको पनि फिल्ममा मुख्य भूमिका छ। फिल्मको निर्देशक अपूर्व लाखिया हुन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय