ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ — एसियाली खेलकुदको २० औं संस्करण नागोया सहरमा आइतबार भव्य कार्यक्रमबीच सकिएको छ । नागोयास्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा १६ दिन चलेको एसियाडले कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ लिएको छ ।

चार वर्षपछि २१ औं संस्करण कतारको दोहामा हुनेछ । २०औं एसियाली खेलकुदको आयोजक जापानले कतारलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो । झन्डा ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री अल थानीले घोडा चढेर स्टेडियम छिरेका कतारका घोडचढी खेलाडी जसिम अल कवारीलाई ओसीएको झन्डा प्रदान गरे । सामान्य आतिशबाजी र नृत्यसहित २०औं संस्करण बिदाइ गरिएको थियो । कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि सन् २००६ मा एसियाड भएको थियो ।

यस एसियाडमा खेलाडी, प्रशिक्षक र अफिसियल गरी १७ हजारभन्दा बढी सहभागी रहे । एक शरणार्थी टिमसहित एसियाका ४५ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले ४३ खेल विधामा ४ सय ६९ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।त्यसमा चीन सर्वाधिक १६९ स्वर्ण, ८९ रजत, ८३ कांस्यसहित कुल ३४१ पदक जितेर शीर्षमा रह्यो । आयोजक जापानले ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्य तथा दक्षिण कोरियाले ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्य जितेर दोस्रो र तेस्रो स्थान ओगटे । भारतले २१ स्वर्णसहित ८५ पदक जितेर चौथो स्थान ओगट्दा २०३० को आयोजक कतार समान ६ स्वर्ण, रजत र कांस्यसहित कुल १८ पदक जित्दै १४ औं स्थानमा रह्यो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय