ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा विगतमा जस्तो नेताहरू दुईतिर बसेर टिम र प्यानल बनाउने अवस्था नरहेको बताएका छन्।

महाधिवेशनको सन्दर्भमा आफूलाई आएका दुईवटा टेलिफोनको उदाहरण दिँदै शर्माले कांग्रेसभित्र अझै पनि पुरानै प्रवृत्ति देखिएको बताए।‘दुईवटा टेलिफोन आयो। एउटा साथीले भन्नुभयो– दाइ, महाधिवेशन प्रतिनिधिमा हारेँ, भोट हाल्न आउन पाइनँ। अर्को (देउवा) तिर पनि महाधिवेशन छ, त्यता पाइन्छ कि? अर्को फोन आयो– दाइ, म महाधिवेशन प्रतिनिधि भएँ, अब केन्द्रीय सदस्यमा प्रयास गरौँ कि भन्दैछु,’ उपसभापति शर्माले खुलामञ्चमा भएको बन्दसत्रमा भने।

शर्माले कांग्रेसको महाधिवेशनमा देखिएको यस्तो प्रवृत्तिबारे सचेत हुनुपर्ने बताए। उनले चर्चाअनुसार करिब १५ सय प्रतिनिधिले १० वर्षे क्रियाशील सदस्यताको कागज लिएको उल्लेख गर्दै यसपटक विगतको जस्तो प्यानल निर्माण नहुने बताए।

‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु, चर्चाअनुसार १५ सय साथीहरूले क्रियाशील लिएको १० वर्षे कागज लिनुभएको छ,’ उनले भने, ‘यसपालि ढुक्क हुनुहोला। पहिलाजस्तो दुईतिर नेताहरू बसेर टिम र प्यानल बनाउने अहिले हुँदैन। प्यानल बन्दैन,’ उनले भने।

१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय