ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

मिलिन्द कुमारको शतकमा अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा यूएईमाथि ६ विकेटको जित निकालेको छ। यूएईले दिएको ३३० रनको विशाल लक्ष्य अमेरिका ४८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै लिग–२ को शीर्ष स्थानको दौडलाई थप रोमाञ्चक बनाएको हो।

टस जितेर पहिले बलिङ रोजेको अमेरिकाविरुद्ध यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३० रन बनाएको थियो। यूएईका लागि मुहम्मद शाहदादले १०७ बलमा ११४ रन तथा तनिश सुरीले ७८ रन बनाए।

जवाफमा अमेरिकाले सुरुवातमा केही विकेट गुमाए पनि मिलिन्द कुमार र शुभम रञ्जानेले अविजित १६० रनको साझेदारी गर्दै खेल अमेरिकाको पक्षमा मोडे। मिलिन्दले केवल ८४ बलमा ७ चौका र ५ छक्कासहित अविजित ११६ रन बनाए। रञ्जानेले ४९ बलमा ५७ रन बनाए। मिलिन्दको यो प्रदर्शनका कारण उनी प्लेयर अफ द म्याचसमेत चुनिए।

मिलिन्दले ७७ बलमा शतक पूरा गरेका थिए। त्यसपछि उनले थप आक्रामक ब्याटिङ गर्दै ८४ बलमा ११६ रन पुर्‍याए। उनको शतक अमेरिकाका लागि व्यक्तिगत उपलब्धि मात्र रहेन, ३३० रनको लक्ष्य पछ्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सफल एकदिवसीय रनचेजसमेत बनायो। लिग–२ को इतिहासमा भने यो दोस्रो ठूलो सफल रनचेज हो। 

४५ अंकमा अमेरिका, स्कटल्यान्डसँग शीर्ष स्थानको होड

यूएईमाथिको जितसँगै अमेरिका ३३ खेलबाट २२ जितसहित ४५ अंकमा पुगेको छ। स्कटल्यान्डले यसअघि नै ३६ खेलबाट ४५ अंकसहित आफ्नो अभियान पूरा गरिसकेको छ। त्यसैले अंक बराबर भए पनि स्कटल्यान्डको नेट रनरेट अमेरिका भन्दा राम्रो छ। तर अमेरिकासँग अझै तीन खेल बाँकी रहेकाले लिग–२ को शीर्ष स्थान आफ्नो बनाउने स्पष्ट अवसर छ। 

शीर्ष चारमा पुगे विश्वकप छनोटकोबाटो खुल्ने

लिग–२ को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शीर्ष चारमा रहने टोलीले सिधै आईसीसी पुरुष क्रिकेट विश्वकप २०२७ को छनोट खेल्ने अवसर पाउनु हो। अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष चारमा स्थान सुरक्षित गरिसकेका छन्। अब बाँकी एउटा स्थानका लागि ओमान, नामिबिया, क्यानडा र नेपालबीच मुख्य प्रतिस्पर्धा छ। नेपालको सम्भावना सकिएको अवस्था छ। 

लिग–२ को शीर्ष चारमा नपर्ने टोलीको विश्वकप सपना भने तत्काल समाप्त हुँदैन। पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। यो प्लेअफमा लिग–२ का पुछारका चार टोलीसँगै च्यालेन्जका शीर्ष टोलीहरू सहभागी हुन्छन् र त्यहाँबाट शीर्ष चार टोलीले फेरि विश्वकप छनोटमा प्रवेश पाउने बाटो पाउँछन्।

 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १२:१८

ल्यान्डको नेट रनरेट अमेरिका भन्दा राम्रो छ। तर अमेरिकासँग अझै तीन खेल बाँकी रहेकाले लिग–२ को शीर्ष स्थान आफ्नो बनाउने स्पष्ट अवसर छ।

Laxmi bank

अमेरिका र स्कटल्यान्डसँगै नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानसँग ३१ अंक छ। त्यसपछि नामिबिया २९, क्यानडा २५, नेपाल २४ र यूएई १९ अंकमा छन्।

शीर्ष चारमा पुगे विश्वकप छनोटको 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय