नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका डेङ्गुकाे जाेखिम अहिलेपनि उच्च देखिएको छ । यसकाे राेकथामका लागि उपमहानगरपालिकाले हरेक बर्ष काम गरेपनि उपलब्धि लक्ष्य अनुसार भएको देखिदैन ।
बाँकेका सरकारी र निजि अस्पतालले समेत यसबाट संक्रमितकाे वास्तविक रिपोर्ट नदिने गर्दा यसबाट सक्रमितकाे एकिन विवरण उपमहानगरपालिकाकाे स्वास्थ्य शाखामामा नभएको देखिएको छ ।
तर, अहिले उपमहानगरपालिकामा अहिले एक महिनामम चारवटा संक्रमित भएको रेकर्ड छ । याे तथ्यांकले पनि जाेखिम उच्च देखाउने उपमहानगरपालिका स्वास्थ्य शाखाका डेङ्गु फाेकल पर्सन सराेज रिमाल बताउँछन् ।
उनका अनुसार उपमहानगरपालिकाकमे जनसंख्यालाई आधार मान्दा स्वास्थ्य शाखामा आबश्यकता अनुसार कीट अभाव छ । यसकाे माग गरिए पनि सम्बन्धित निकायले माग बमाेनिम उपकरण पठाउन चासाे देखाएको छैन ।
उपमहानगरपालिकाले डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्न नगरका २३ वटै वडामा लामखुट्टेको बासस्थान तथा लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । अभियानका विषयमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सम्बन्धित सरोकारवालासँग छलफल तथा अभिमुखीकरणसमेत गरेको छ
रिमालका अनुसार असोजको तेस्रो सातादेखि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । अभियानअन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।
अभियानमा स्वास्थ्य संस्था प्रमुख, जनप्रतिनिधि, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायतका सरोकारवालाको सहभागिता रहनेछ । डेंगु तथा स्क्रब टाइफसबारे सरोकारवालालाई अभिमुखीकरण गरी समुदायस्तरमा जनचेतना फैलाउने तयारी गरिएको रिमाल बताउँछन् ।
भेरी अस्पताल, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज तथा नेपालगञ्जका निजी अस्पतालबाट हुने उपचार र संक्रमणसम्बन्धी तथ्याङ्क व्यवस्थापनमा समन्वय गरिने उनी बताउँछन्
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मलेरियाका फोकल पर्सन रत्नप्रसाद शर्माका अनुसार नेपालगञ्जका विभिन्न अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा हालसम्म ९० जना डेंगु संक्रमित भेटिएका छन् । तीमध्ये भेरी अस्पतालमा ४४ जना र अन्य निजी अस्पतालमा ४६ जना संक्रमित भेटिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख समिर प्रताप सिंहले डेंगु संक्रमण रोकथामका लागि सबै जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउ छन । नगरका २३ वटै वडामा प्रभावकारी अभियान सञ्चालन गर्न सरोकारवालालाई निर्देशनसमेत दिए
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।