ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रसायनका अणुहरूमा देखिने रहस्यमय ‘मिरर इमेज’ (ऐनामा देखिने प्रतिबिम्ब जस्तो) सम्बन्धी शताब्दी पुरानो रहस्य समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याएका हेनरी बी कागान र केन्सो सोआईलाई सन् २०२६ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।स्विडेनको स्टकहोममा बुधबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले पुरस्कार घोषणा गरेको हो।

नोबेल रसायनशास्त्र समितिका अध्यक्ष हाइनर लिङ्केका अनुसार कागान र सोआईले रासायनिक अणुहरूमा  ‘होमोचिरालिटी’ (मिरर इमेज) कसरी स्वतः उत्पन्न हुन सक्छ भन्ने एक शताब्दीभन्दा पुरानो रहस्यको समाधान प्रस्तुत गरेका छन्।

समितिले उनीहरूले विकास गरेका रासायनिक प्रतिक्रियालाई असाधारण भन्दै यसले औषधि निर्माणका लागि आवश्यक रासायनिक प्रतिक्रियाहरू डिजाइन गर्ने रसायनशास्त्रीहरूलाई निर्णायक सहयोग पुगेको जनाएको छ।९५ वर्षीय कागान फ्रान्समा जन्मिएका हुन् र उनी फ्रान्सको ओरसेस्थित युनिभर्सिते पेरिस–सुदसँग आबद्ध छन्।

जापानमा जन्मिएका सोआई भने टोकियो युनिभर्सिटी अफ साइन्ससँग आबद्ध छन्। नोबेल समितिले सम्पर्क गर्दा सोआई आफ्नै घरनजिकै किनमेल गरिरहेका थिए।गत वर्ष रसायन शास्त्रतर्फको नोबेल पुरस्कार ठूलो मात्रामा ग्यास थुन्न सक्ने नयाँ आणविक संरचना विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो।उनीहरूको अनुसन्धानले वायुमण्डलबाट हरितगृह ग्यास हटाउने तथा मरूभूमि क्षेत्रमा आर्द्रता संकलन गर्ने सम्भावनाको आधार तयार गरेको थियो।

यस वर्षका नोबेल पुरस्कारको घोषणा सोमबार चिकित्सा शास्त्रबाट सुरू भएको थियो।मस्तिष्कको कार्यप्रणाली बुझ्न प्रकाशको प्रयोग गर्ने उपकरण विकासमा योगदान पुर्‍याएका तीन वैज्ञानिकलाई चिकित्सा शास्त्रतर्फको पुरस्कार दिइएको थियो।

मंगलबार भौतिक शास्त्रतर्फ दुर्लभ प्रकारका न्युट्रिनोबारे बुझाइ विस्तार गर्ने अनुसन्धानका लागि पुरस्कार घोषणा गरिएको थियो।यस वर्ष प्रत्येक नोबेल पुरस्कारको पुरस्कार राशि करिब १२ लाख अमेरिकी डलर रहेको छ। 

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय