ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने निर्णय गरेको छ।त्यसका लागि सरकारले विपदसम्बन्धी अध्यादेशमार्फत् व्यक्तिगत घटना दर्ता व्यवस्था परिमार्जन गर्न लागेको हो।

हालको कानुनले कुनै पनि व्यक्ति बेपत्ता भएको १२ वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था गरेको थियो। सरकारले अध्यादेशमार्फत् विपदको घटनामा यस्तो अवधि ४५ दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ।सरकारले भोटेकोशी–त्रिशूली बाढी पीडितकेन्द्रित तीनवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूमि, वन र विपदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।प्राकृतिक विपद वा अन्य घटनामा बेपत्ता भएका व्यक्तिका परिवारले लामो समयसम्म कानुनी प्रक्रियाका कारण भोग्नुपर्ने समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको हो।

मन्त्रिपरिषदको निर्णय अनुसार भूमि र वनसम्बन्धी अध्यादेशका प्रावधान पनि प्रभावित तथा पीडित नागरिकलाई केन्द्रमा राखेर ल्याउन लागेको जनाइएको छ। विपदमा परेका नागरिकलाई जग्गा उपलब्ध गराउन सहज बनाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो।सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानुनी व्यवस्था गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय