ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

साउदी अरबका दुई विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।आक्रमणमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।

अब्हा विमानस्थलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्।यीमध्ये कुन आक्रमण मंगलबार र कुन बुधबार भएको हो भन्ने प्राधिकरणले खुलाएको छैन।बुधबार हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी आफूहरूले धेरै ड्रोन प्रहार गरेको बताएका छन्।

साउदी नेतृत्वको गठबन्धनले भने हुथीले प्रहार गरेको ब्यालेस्टिक मिसाइल रियादको उत्तरमा रोकेको दाबी गरेको छ।आक्रमणपछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। गठबन्धनले बुधबार साउदी नेतृत्वको सेनाले हुथी नियन्त्रणमा रहेका सादा, होदेदाह, जौफ र मारिब प्रान्तका ८० भन्दा बढी सैन्यस्थलमा आक्रमण गरेको जनाएको छ।

यसैबीच, यमनको हुथी नियन्त्रणबाहिर रहेको एडेन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बुधबार ब्यालेस्टिक मिसाइल र विस्फोटक पदार्थ बोकेका ड्रोनबाट आक्रमण भएको यमनको यातायात मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कायरोबाट आएको विमान अवतरण गर्नुभन्दा केही मिनेटअघि एउटा मिसाइल धावनमार्गनजिकै खसेको थियो।

यमनमा पछिल्ला दिनमा लडाइँ रणनीतिक रूपमा महत्वपूर्ण बाब अल–मन्देब जलमार्ग  आसपास केन्द्रित भएको छ।यो जलमार्ग हुँदै हुने जहाज तथा ऊर्जा आपूर्तिमा अवरोधको जोखिम बढेको छ। होर्मुज जलडमरूमध्य हुँदै हुने व्यापारमा अमेरिका–इरान द्वन्द्वका कारण अवरोध बढेपछि बाब अल–मन्देबको महत्व थप बढेको छ।

यमनी सरकारी सेनाले साउदी नेतृत्वको गठबन्धनको हवाई सहयोगमा सेप्टेम्बरमा हुथीले कब्जा गरेका बाब अल–मन्देब आसपासका क्षेत्र र मोचा सहर पुनः नियन्त्रणमा लिन पछिल्लो समय प्रतिआक्रमण गरिरहेको छ।तर सरकारी सेनाले अघि बढाएको क्षेत्र दीर्घकालसम्म नियन्त्रणमा रहने वा नरहने स्पष्ट भइसकेको छैन।

यमनमा पुनः चर्किएको यो लडाइँले लामो समयदेखि जारी द्वन्द्वलाई थप जटिल बनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार पछिल्लो चरणको लडाइँ सुरु भएयता विस्थापित हुनेको संख्या दुई लाखभन्दा बढी पुगेको छ।आईओएमकी महानिर्देशक एमी पोपले मानिसहरू ज्यान जोगाउन भागिरहेको तर सुरक्षित ठाउँ नपाइरहेको बताउँदै खाद्यान्न र आश्रयका लागि थप सहयोग आवश्यक रहेको बताएकी छन्।

हुथीले यसअघि पनि साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र र पाइपलाइनजस्ता पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ।बाब अल–मन्देबमाथि नियन्त्रण कायम भएमा त्यहाँबाट हुने समुद्री यातायात र विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने भएकाले साउदी अरबले हुथीविरुद्ध अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार टर्कीले मुख्यतः रक्षात्मक तथा प्राविधिक सहयोग पठाउने तयारी गरेको छ भने सिरियाले पनि साउदी अरबलाई सैन्य सहयोग गर्ने विषयमा विचार गरिरहेको अमेरिकी र सिरियाली अधिकारीहरूले बताएका छन्।यमनका हुथीले सन् २०१४ मा राजधानी सानालाई नियन्त्रणमा लिएपछि साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धनले हस्तक्षेप गरेको थियो।साउदी नेतृत्वको गठबन्धनले हुथीलाई इरानले हतियार, तालिम र आर्थिक सहयोग दिने आरोप लगाउँदै आएको छ। हुथी र इरानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय