ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ । गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका बन्द भएको थियो । त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी नाकामा चीनले आयात–निर्यात रोक्यो ।

काठमाडौँबाट दूरीको हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए । तर, असोज ९ देखि ११ सम्मको भारी वर्षाले बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेकाले यो नाकाबाट पनि आयात–निर्यात बन्द छ । कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब दुई सय कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै फसेका छन् ।आयात व्यापारमा संलग्न व्यवसायीको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्य बजारमा आउनुपर्ने सामान आउन नसकेको र त्यसले बजारमा महँगीको अवस्था सिर्जना गरेको बताउँछन् । नियमित ल्याइनेभन्दा फरक नाका प्रयोग गर्नुपरेको, गाडी भाडा र लगानी बढेकाले महँगी बढ्ने उनको भनाइ छ ।

‘हिजो ७५ हजार तिर्ने गाडी भाडा फरकफरक नाका घुमाउँदा–घुमाउँदै ५ लाखसम्म पुगेको अवस्था छ । ३ महिना लगाएर ल्याएको सामानको लगानी, ब्याज त्यसैमा जोडिने हो । व्यापारीले घाटा खाएर बेच्ने कुरा हुँदैन,’ उनले भने ।  तीज र दसैँका लागि गरिएको लगानी खेर गएको उनको जिकिर छ । ‘तीज र दसैँलाई भनेर लगानी गरेको पुँजी त्यहीँ (नाकामै) रह्यो । अहिले जाडोको सामान ल्याउनुपर्ने बेलामा बाटो ठप्प भएको अवस्था छ,’ उनले थपे, ‘उत्तरी नाकाबाट सामान आउँदा १५ दिनसम्म लाग्छ । अब भारतबाट आउने सामान हालेर सम्भावना छैन । जाडोको कपडा नै अभाव हुने अवस्था छ ।’

नाका बन्द हुँदा त्यसलाई खुलाउन राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी र कूटनीतिक पहल हुनुपर्ने ठाउँमा हुन नसकेको उनको गुनासो छ । ‘बजारमा नयाँ सामान आउनुपर्ने हो । त्यो आएको देखिँदैन । बाटाघाटा बन्द भएको अवस्था छ । राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी हुनुपर्ने ठाउँमा हुन सकेको छैन,’ उनले भने । नाका बन्द हुनु भनेको व्यवसायीलाई मात्र नभई राज्यलाई पनि घाटाको विषय भएकाले खोल्न सक्रिय हुनुपर्ने उनले बताए ।अर्का व्यवसायी राजकुमार श्रेष्ठले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष सामान कम आएको र व्यापार पनि कम भइरहेको सुनाए । आउनुपर्ने सामान नआएको, नियमित आयात हुने नाका बन्द भएकाले अन्य नाका प्रयोग गर्नुपर्दा यातायात खर्च बढेर सामान महँगो भएको उनको अनुभव छ । बाहिर मान्छे देखिएपनि पसलमा त्यसअनुसारको व्यापार नरहेको उनले दाबी गरे ।

नेपालमा तयारी पोसाकको ८० प्रतिशत व्यापार हिस्सा चीनले ओगटेको छ । विद्युतीय सवारीसहित अन्य सामानमा पनि चीन नै ठूलो आयातको स्रोत हो । तर, चीनसँगको व्यापार ठप्प बनेपछि दसैँको मुखमा अत्यावश्यक सामानमा भारतको भर पर्नुपर्ने अवस्था छ । नियमित आयात हुनेभन्दा अन्य स्रोतबाट सामान ल्याउनुपर्दा यसले सर–सामानको बजारभाउ आकासिने सम्भावना अधिक छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय