ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

पेरिस । फ्रान्समा विद्यालयको कमजोर पूर्वाधार, शिक्षक अभाव र शिक्षामा पर्याप्त बजेट नदिएको भन्दै सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ ।

सेप्टेम्बरको अन्त्यदेखि सुरु भएको प्रदर्शनमा सयौँ विद्यालय बन्द वा अवरुद्ध भएका छन् भने केही स्थानमा विद्यार्थी र प्रहरीबिच झडपसमेत भएको छ । पछिल्ला दिनमा हजारौँ व्यक्ति पक्राउ परेका छन् ।विद्यार्थीहरूका अनुसार कतिपय विद्यालयमा शिक्षक लामो समय अनुपस्थित हुँदा पनि प्रतिस्थापन हुँदैन । पुराना र जीर्ण भवन, भिडभाडयुक्त कक्षा, नर्स तथा सामाजिक कार्यकर्ताको अभाव पनि उनीहरूको मुख्य गुनासो छ

विशेष गरी पेरिसको कमजोर आर्थिक अवस्था भएका क्षेत्रका विद्यालयमा समस्या बढी रहेको विद्यार्थी र शिक्षकहरूले बताएका छन् ।फ्रान्सको विश्वविद्यालय भर्ना प्रणाली पनि विद्यार्थी असन्तुष्टिको अर्को कारण बनेको छ । उच्च माध्यमिक तह पूरा गर्ने विद्यार्थीको सङ्ख्या बढेसँगै सीमित लोकप्रिय विश्वविद्यालय र विषयमा प्रवेश पाउन प्रतिस्पर्धा बढेको छ । विद्यार्थी र शिक्षकको एक हिस्साले यो प्रणाली पारदर्शी नभएको आरोप लगाउँदै आएका छन् ।तर आन्दोलनको कारण शिक्षामा बजेट अभाव मात्र होइन ।

फ्रान्समा सडक आन्दोलनमार्फत सरकारलाई दबाब दिने लामो राजनीतिक परम्परा छ । सन् १९९० र १९९८ का विद्यार्थी आन्दोलनले विद्यालयमा थप बजेट र कर्मचारी थप्न सरकारलाई दबाब दिएको थियो । सन् २००६ मा विद्यार्थी आन्दोलनपछि युवा रोजगारीसम्बन्धी कानुनसमेत फिर्ता भएको थियो ।

अहिलेको आन्दोलन भने हिंसाका कारण थप जटिल बनेको छ । अक्टोबर ५ मा १५ वर्षीय विद्यार्थीको हातमा गम्भीर चोट लागेपछि प्रहरीको बल प्रयोगबारे प्रश्न उठेको थियो । त्यसपछि सरकारले प्रदर्शन नियन्त्रणमा प्रयोग हुने स्टन ग्रिनेडको प्रयोग अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यार्थीका मागमाथि समीक्षा गरी अक्टोबरको अन्त्यसम्म प्रस्ताव ल्याउने बताएका छन् । तर सरकार आफैँ बजेट घाटा र बढ्दो सार्वजनिक ऋणको दबाबमा छ । फ्रान्सको २०२७ को बजेटमा ठुलो खर्च कटौतीको योजना अघि सारिएको छ ।

यसले विद्यार्थीको माग सम्बोधन गर्न सरकारलाई राजनीतिकसँगै आर्थिक चुनौती पनि थपेको छ । 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय