ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघले चिकित्सा शिक्षाको शुल्क पुनरवलोकन गर्न सरकारसँग माग गरेको छ।संघका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले पत्रकारसँगको अन्तरक्रियामा वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्नुपर्ने बताए।

‘हाम्रो आग्रह बढी शुल्क लिन दिनुहोस् भन्ने होइन। वैज्ञानिक रूपमा वास्तविक लागत निर्धारण गरियोस् र त्यसैअनुसार हामीलाई जवाफदेही बनाइयोस् भन्ने हो,’ कार्कीले भने।संघले एमबिबिएस र बिडिएसको शुल्क लामो समयदेखि पुनरवलोकन नभएको भन्दै शिक्षण लागत बढेको जनाएको छ।

संघका अनुसार सन् २०१९ यता एमबिबिएसको शुल्क व्यवहारतः स्थिर छ, जबकि यस अवधिमा सञ्चित मुद्रास्फीति करिब ४० प्रतिशत पुगेको छ।संघले प्रमाणित भौतिक पूर्वाधार र प्राध्यापकको क्षमताका आधारमा मेडिकल कलेजमा एमबिबिएस भर्ना संख्या १५० सम्म पुर्‍याउन तथा विदेशी विद्यार्थीका लागि छुट्टै शैक्षिक सत्र सञ्चालन गर्न पनि माग गरेको छ।

हाल भर्ना संख्या १०० मा सीमित हुँदा कलेजको पूर्वाधार पूर्ण रूपमा उपयोग हुन नसकेको र योग्य नेपाली विद्यार्थी विदेश जान बाध्य भएको संघको भनाइ छ।संघले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छुट्टै सत्र सञ्चालन गर्न सके वार्षिक करिब ३० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सकिने अनुमान गरेको छ।त्यसबाट नेपाली विद्यार्थीका लागि थप ५०० पूर्ण छात्रवृत्ति उपलब्ध गराउन सकिने पनि संघको दाबी छ।

त्यस्तै, नर्सिङ शिक्षाको क्षमता विस्तार गर्न र शिक्षण अस्पतालमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनसम्बन्धी अदालतको निर्णय कार्यान्वयन गर्न संघले सरकारसँग आग्रह गरेको छ।संघले शुल्क र भर्ना क्षमता निर्धारण गर्दा कलेजको गुणस्तरलाई आधार बनाउनुपर्ने तथा पारदर्शी मूल्यांकन र सार्वजनिक श्रेणीकरणको व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय