ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् माधवी सिग्देलले सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले त्यहाँका हिमाली र पहाडी भूभागमा भारी वर्षा भइरहेको बताएकी छन्। शुक्रबारको मौसम बुलेटिन सार्वजनिक गर्दै उनले देशका अधिकांश भूभागमा मौसम बदली रहेको जानकारी दिइन्।

सिग्देलका अनुसार अहिले देशका हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि हुस्सु लाग्ने क्रम जारी छ। सुदूरपश्चिममा वर्षा भइरहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क प्रस्तुत गर्दै मौसमविद् सिग्देलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित धरमपानी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा भएको जानकारी दिइन्। यसैगरी पोखराको मालेपाटनस्थित केन्द्रमा ४८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस अवधिमा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको विभागको तथ्याङ्कले देखाएको छ।

आगामी २४ घण्टाको पूर्वानुमान गर्दै विभागले देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकीको तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हिमपात वा वर्षा हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानीपख हुस्सु लाग्नेछ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहेँलो रङको चेतावनी जारी गरेको छ। यी क्षेत्रका बासिन्दालाई मौसमबारे निरन्तर अद्यावधिक रहन आग्रह गरिएको छ।

देशका अन्य भूभागमा भने हरियो रङको सङ्केत दिइएको छ। देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने भएकाले कृषि क्षेत्रमा असर पर्न सक्ने मौसमविद् सिग्देलले बताएकी छन्।

उनले भनिन्, ‘पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र अन्य भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेकाले कृषिमा असर पर्न सक्छ, त्यसैले आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मौसमको पछिल्लो जानकारी लिँदै गर्नुहोला।’

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय