ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

मलेसियाले श्रमिकको न्यूनतम मासिक तलब २ हजार रिंगिट अर्थात् (७५ हजार नेपाली रूपैयाँ बराबर) पुर्‍याउने घोषणा गरेको छ।सन् २०२७ जुनदेखि लागू हुने यो निर्णयबाट नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुन उल्लेख गरेको छ।

मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट प्रस्तुत गर्दै न्यूनतम तलब बढाउने घोषणा गरेका हुन्।हाल मलेसियामा न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट छ। नयाँ व्यवस्था लागू भएपछि न्यूनतम तलबमा ३ सय रिंगिट वृद्धि हुनेछ।नयाँ तलबले मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकको आम्दानीसमेत बढाउने अपेक्षा गरिएको छ। मलेसियाको न्यूनतम तलबसम्बन्धी व्यवस्था निजी क्षेत्रका विदेशी श्रमिकमा समेत लागू हुन्छ।

तर, घरेलु कामदारलगायत केही श्रेणीका श्रमिकमा भने अपवाद छन्।मलेसियाले साना तथा मझौला उद्यमलाई नयाँ तलब कार्यान्वयनका लागि समय दिन छुट दिने भएको छ।वार्षिक आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम तलबको व्यवस्थाबाट छुट दिइने घोषणा गरिएको छ।सरकारले श्रमिकको आम्दानी बढाउने र जीवनयापनको खर्च धान्न सहज बनाउने उद्देश्यले तलब वृद्धि गर्न लागेको जनाएको छ।

बजेटमार्फत अर्धदक्ष श्रमिक तथा स्नातक तह पूरा गरेका व्यक्तिका लागि सुरुआती न्यूनतम मासिक तलब २ हजार ५ सय रिंगिट निर्धारण गर्ने पनि घोषणा गरिएको छ।मलेसियाको यो निर्णयले न्यूनतम तलबका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि उक्त मुलुकको आकर्षण थप बढाउन सक्ने देखिन्छ।विशेषगरी अदक्ष श्रमिकले पाउने तलबका हिसाबले मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण गन्तव्य हो।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय