ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरूको अवसरमा ग्राहकहरूका लागि ‘दसैँ तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ। 

यस अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्।कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई ५०० रुपैयाँको जडान शुल्क मिनाहा गरिनेछ। त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूलाई १ महिना थप गरी १३ महिनाको प्याकेज उपलब्ध गराइनेछ।

यसमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डेटा समेत १३ महिनासम्म नै प्रयोग गर्न पाइनेछ। भर्चुअल सेट-टप बक्ससहितको प्याकेज लिने ग्राहकहरूका लागि १ हजार रुपैयाँ छुट पहिलेदेखि नै उपलब्ध छ।

यसैगरी जीएसएम मोबाइल सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याकेज उपलब्ध गराइएको छ। फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डेटा खपत भएपछि बाँकी समयावधि २ एमबीपीएसको गतिमा प्रयोग गर्न सक्नेछन्। 

त्यस्तै फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेजमा प्रतिदिन १० जीबी डेटा खपत भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न पाइनेछ।

यसका साथै २५० रुपैयाँमा १ हजार मिनेट अल-नेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा १ हजार अन-नेट एसएमएस सुविधाको ‘फेस्टिभ म्यासेज प्याकेज’ पनि उपलब्ध हुनेछ। यी सबै प्याकेजहरूको समयावधि ३० दिन तोकिएको छ।

आगामी २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गरी यो सुविधा लिन सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सक्नेछन्। 

चाडपर्वका समयमा आफन्तहरूसँग सहज सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोग बढाउन यस्ता अफरले सहयोग पुर्‍याउने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय