ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

दसैंको माहोल समेटिएको गीतमा पल शाह, आकाश श्रेष्ठ, मलिका महत, विपना थापालगायतका कलाकार एकसाथ देखिएका छन्।प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आबाट आमा २’ले ‘रातो टिका लगाउँदा क्या दामी देखियो’ बोलको गीत सार्वजनिक गरेको हो। बिहीबार युट्युबमार्फत सार्वजनिक गीतको भिडिओमा कलाकारको जम्बो टोलीलाई देख्न सकिन्छ। 

यो गीतले दसैंको उमंगको माहोललाई समेटिएको छ। गीतमा बाबुल गिरी, रचना रिमाल, रवी ओड र जुनु रिजालको स्वर सुन्न सकिन्छ। गीतको शब्द तथा संगीत बाबुल गिरीकै हो। भिडिओमा फिल्मका शीर्ष कलाकार पल, मलिका, आकाश, विपनासहित प्रदीप रावत, रिश्ता गुरूङ, निकिता आचार्य, साइग्रेस पोखरेललगायतका कलाकार देख्न सकिन्छ। लाहुरेको भूमिकामा रहेका सविन श्रेष्ठ पनि भिडिओमा देखिएका छन्। गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन्। 

‘क्या दामी देखियो’ गीतले सार्वजनिकसँगै युट्युबमा राम्रो भ्युज पाइरहेको छ।चन्द्र पन्त निर्देशित ‘आबाट आमा २’ दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शन तयारीमा छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय