ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्।सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो।पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।

तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि थप समस्या उत्पन्न भएको छ।त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ।सवारीसाधन रोकिँदा दशैं मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन्।

अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन्। बसपार्कमा यात्रुको भीड बढ्दै जाँदा गन्तव्यमा पुग्ने समयबारे यात्रुहरू अन्योलमा छन्।

दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायी थप समस्यामा परेका छन्।सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।यात्रुले यात्रा सुरु गर्नुअघि सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिन्छ।धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्म ठूला सवारी साधनहरू पनि सञ्चालन हुनेगरी सडक बनाइसक्ने जानकारी दिएकी छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय