ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शन रोक्न ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।प्रदर्शनमा सहभागी हुन जाँदै गरेका १ हजार ५०० जनाभन्दा बढीलाई प्रहरीले शनिबार पक्राउ गरेको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रहरीका अनुसार दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका हुन्।प्रदर्शनस्थल जन्तरमन्तर र त्यसतर्फ जाने सडकमा ठाउँठाउँमा ब्यारिकेट राखिएका छन् भने संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, तृणमूल कांग्रेसकी नेता ममता बनर्जी र अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी नेहा बोरासहित विभिन्न नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनको आयोजना गरेको कक्रोच जनता पार्टी (सिजेपी) का नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई पनि दिल्ली विमानस्थलमा ओर्लिएलगत्तै नियन्त्रणमा लिइएको थियो।

चर्चित युट्युबर ध्रुव राठीलाई पनि प्रहरीले शनिबार बिहानै पक्राउ गरेको थियो।जन्तरमन्तर आसपास केही पत्रकारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

सिजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआइआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेको छ।

पार्टीले यही माग राखेर मुम्बईमा अक्टोबर २ मा पनि प्रदर्शन गरेको थियो।दिल्ली प्रहरीले भने प्रदर्शनका आयोजकसँग आवश्यक अनुमति नभएको भन्दै जन्तरमन्तरमा प्रदर्शन गर्न नदिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रदर्शनकारीलाई रोक्न विभिन्न प्रवेश तथा निकास बिन्दुमा ब्यारिकेट राखिनुका साथै निषेधित गतिविधि नगर्न सुरक्षाकर्मीहरूले हिन्दी र अंग्रेजी भाषामा माइकिङ गरेका थिए।सिजेपीका संस्थापक अभिजित दिप्केले सन् २०२४ यता करिब १३ करोड मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको आरोप लगाएका छन्।

प्रदर्शनको घोषणापश्चात यातायात व्यवस्थासमेत प्रभावित भएको छ।दिल्ली मेट्रोले सुरुमा शुक्रबार राति ९ बजेदेखि शनिबारसम्म ५७ वटा स्टेसनमा प्रवेश तथा निकास बन्द गर्ने सूचना दिए पनि पछि त्यसलाई संशोधन गरी ४५ वटा स्टेसनमा सीमित गरेको थियो।

सम्भावित ट्राफिक जामलाई कारण देखाउँदै रेलवेले शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँदिल्ली र हजरत निजामुद्दिन स्टेसनमा पुग्ने केही मेल तथा एक्सप्रेस रेल पनि रद्द गरेको छ।प्रदर्शन रोक्न हजारौंको संख्यामा प्रहरी परिचालन र धरपकड भएपछि भारतका विभिन्न राजनीतिक दल र सामाजिक अभियानीहरूले विरोध जनाएका छन्।

कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिँदै जति प्रहरी परिचालन गरे पनि पछि नहट्ने बताएका छन्।’जे गर्नु छ गर्नुस्। जति प्रहरी बोलाउनुस्। जति नेताहरूलाई पक्राउ गर्नुछ, गर्नुस्। युवाहरूलाई गिरफ्तार गर्नुस्। हामी सबैलाई थुन्नुस्। तर नडराउनुस्, हामी तपाईंलाई चार तिरबाट घेर्दै छौं। अब पछाडि हट्ने वाला छैनौं,’ राहुलले एक्समा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय