ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

महाकाली नदीमा खसेका सशस्त्र प्रहरी बलका एकजना सहायक निरीक्षक (सई) बेपत्ता भएका छन्।कञ्चनपुरमा महाकाली नदीको बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल आसपास शनिबार दिउँसो सवा १२ बजेतिर सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सागरराज थारू नदीमा खसेर बेपत्ता भएका हुन्।

बर्दियाको ठाकुरद्धारा नगरपालिका – ६ घर भइ देवीस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत थारु नेपाल टेलिकमको तार तान्ने क्रममा डुंगाबाट नदीमा खसेका थिए।

उनी सहितको टोली बाढीले क्षति पुर्‍याएको टेलिकमको तार तान्न खटिएको थियो ।‘तार तान्नका लागि सात जना एउटै डुँगामा सवार थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले भने, ‘त्यस क्रममा सन्तुलन खलबलिएपछि उहाँ महाकालीमा नदीमा खसेर बेपत्ता हुनु भएको छ।’डिएसपी रावतका अनुसार बेपत्ता थारुले लाइफ ज्याकेट लगाएको भए पनि डुबेर बेपत्ता भएका हुन्।

असोज मध्यतिर अविरल बर्षाका कारण झोलुङ्गे पुलमा पुगेको क्षतिका कारण महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तार पनि चुँडिएको थियो।सोही तार तानेर महाकाली नदीको वारपार बिस्तार गर्नका लागि सशस्त्र सइ थारु सहितका सात जना एउटै डुंगा चढेर काम गरिरहेका थिए।

बेपत्ता असइको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय