ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भारतीय अभिनेता अमिताभ बच्चन आज (अक्टोबर ११) ८४ वर्षमा प्रवेश गरेका छन्।जन्मदिनको अवसरमा उनलाई भारतीय फिल्म क्षेत्रका कलाकार तथा प्रशंसकहरूले शुभकामना दिएका छन्। चिरञ्जीवी, प्रभास, कमल हासन, सुनिल शेट्टीलगायत कलाकारले अमिताभप्रति सम्मान व्यक्त गर्दै उनको योगदानको प्रशंसा गरेका छन्। 

दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले अमिताभलाई ‘प्रिय गुरूजी’ भन्दै जन्मदिनको शुभकामना दिएका छन्। उनले अमिताभको फिल्मप्रतिको प्रेम, अभिनयप्रतिको समर्पण र कामप्रतिको सम्मान सधैं प्रेरणाको स्रोत रहेको बताएका छन्।

चिरञ्जीवीले अमिताभको विनम्रता र व्यक्तित्वको पनि प्रशंसा गरेका छन्। यी दुई कलाकारले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘साइ रा नरसिंहा रेड्डी’मा सँगै काम गरेका थिए।

त्यस्तै, अभिनेता प्रभासले पनि अमिताभलाई जन्मदिनको शुभकामना दिँदै आफूले पाएको माया र साथका लागि आभार व्यक्त गरेका छन्। प्रभास र अमिताभले फिल्म ‘कल्कीः २८९८ एडी’मा सँगै अभिनय गरेका थिए। 

गायक तथा संगीतकार हिमेश रेशमियाले अमिताभलाई भारतीय फिल्म क्षेत्रले पाएका महान् सुपरस्टारमध्ये एक भन्दै शुभकामना दिएका छन्। उनले अमिताभको लोकप्रियता र योगदानको प्रशंसा गरेका छन्।

अभिनेता कमल हासनले अमिताभको प्रभावशाली आवाज, संवाद बोल्ने शैली र पर्दामा देखिने उपस्थितिको प्रशंसा गरेका छन्। अमिताभले निर्वाह गरेका पात्र र विशेषगरी ‘एंग्री योङ म्यान’को छविले भारतीय फिल्ममा छुट्टै पहिचान बनाएको उनको भनाइ छ। अभिनेता सुनिल शेट्टीसहित अन्य कलाकारले पनि अमिताभलाई जन्मदिनको शुभकामना दिएका छन्।

अमिताभको जन्मदिन मनाउन मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिर प्रशंसकहरू पनि भेला भएका थिए। उनीहरूले अमिताभका पोस्टर बोकेर गीत गाउनुका साथै नाचेर खुसी साटेका थिए। 

सन् १९४२ अक्टोबर ११ मा जन्मिएका अमिताभले सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’बाट अभिनय यात्रा सुरू गरेका थिए। सन् १९७३ मा प्रदर्शन भएको ‘जन्जिर’ले उनलाई ठूलो पहिचान दिलाएको थियो। त्यसपछि ‘दीवार’, ‘शोले’, ‘डन’, ‘अमर अकबर एन्थोनी’, ‘अग्निपथ’, ‘मोहब्बतें’ र ‘ब्ल्याक’जस्ता फिल्ममा गरेको अभिनयले उनी बलिउडका प्रभावशाली अभिनेताका रूपमा स्थापित भए।

फिल्मसँगै टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’मार्फत पनि अमिताभले दर्शकको मन जित्दै आएका छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय