दार्चुलाको शैल्यशिखर नगरपालिका–१ की १९ वर्षीया अप्सरा खडायतले पहिलो प्रयासमै तीन प्रदेशका लोकसेवा आयोगबाट प्रशासन सेवा पाँचौँ तहमा सफलता हासिल गर्नुभएको छ।
शैल्यशिखर–१, बलाँच बारीलकी खडायत गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको परीक्षामा सफल हुनुभएको हो। उहाँ गण्डकी प्रदेशको प्रशासन सेवा पाँचौँ तहमा लमजुङका लागि सिफारिस हुनुभएको छ।सानो उमेरमै पहिलो प्रयासमा तीनवटै प्रदेशको लोकसेवा परीक्षामा सफलता हासिल गर्नुभएकी खडायतको उपलब्धिलाई लोकसेवाको तयारी गरिरहेका युवाका लागि प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ।
दार्चुलाको दुर्गम क्षेत्रबाट अघि बढेर हासिल गरेको उहाँको सफलताले मेहनत, निरन्तर अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धताले उपलब्धि हासिल गर्न सकिने सन्देश दिएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।