काठमाडौँ । भारतको चर्चित ब्रान्ड जेलियोले नेपाली बजारमा आफ्ना चार नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बिच जेलियो ईभी स्कुटरका नयाँ मोडलहरू लन्च गर्नुका साथै आधिकारिक शोरुमको समेत औपचारिक उद्घाटन गरिएको हो।
वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको छ। आकर्षक तथा आधुनिक डिजाइनका साथै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ र राम्रो स्टोरेज क्षमता जस्ता विशेषताहरू यी स्कुटरहरूमा समावेश गरिएका छन्।
नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर पारेर कम्पनीले आफ्ना चारवटै मोडलहरूको खरिदमा १५ हजार रुपैयाँसम्मको विशेष छुटको व्यवस्था गरेको छ।ग्राहकहरूलाई सहज सेवा प्रदान गर्न आधिकारिक डिलर नेटवर्कमार्फत आकर्षक खरिद योजना, फाइनान्स, एक्सचेञ्ज, टेस्ट राइडका साथै बिक्रीपछिको मर्मतसम्भार, स्पेयर पार्ट्स र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।
आगामी दिनमा नेपालका प्रमुख सहरहरूमा बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य जेलियोले राखेको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।