ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ— बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो नौ दिनमा मात्रै काठमाडौँको नयाँबसपार्कबाट २ लाख ७ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् ।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म २ लाख ७ हजार २५१ यात्रु नयाँबसपार्कबाट विभिन्न जिल्लातर्फ प्रस्थान गरेका छन् ।

दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिक गाउँ फर्किने क्रम बढेसँगै नयाँबसपार्कमा यात्रुको चाप बढेको हो ।

मल्लका अनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६, २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापनमा समेत चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए ।

उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण लामो दूरीका धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यात्रु व्यवस्थापनमा थप समस्या भएको गौतमले बताए ।

महासङ्घले दसैँमा यात्रा गर्ने यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध प्रगाढ बनाउने पर्व भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बस्दै आएका नागरिक हरेक वर्ष ठूलो संख्यामा घर फर्किने गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय