ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बलिउड फिल्म ‘दृश्यम ३’ अभिनेता अजय देवगनको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। रिलिजको १० दिनमै भारतमा ३ सय करोड भारूभन्दा बढी कमाउँदै यो फिल्म अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। 

भारतीय संचारमाध्यमहरूका अनुसार फिल्मले प्रदर्शनको दसौं दिनसम्म भारतमा ३०९.५० करोड भारू नेट कमाइ गरेको छ। यससँगै फिल्मले अजयका यसअघिका सफल फिल्म ‘दृश्यम २’ र ‘तान्हाजी: द अनसङ वारियर’को कमाइलाई समेत उछिनेको छ।

सन् २०२० मा प्रदर्शन भएको ‘तान्हाजी: द अनसङ वारियर’ले भारतमा २७९.५९ करोड भारू नेट कमाइ गरेको थियो। यो नै यसअघि अजयको करिअरमा सर्वाधिक कमाइ गर्ने फिल्म थियो। तर ‘दृश्यम ३’ले नौ दिनमै उक्त कीर्तिमान तोडेको हो।

त्यस्तै, सन् २०२२ मा प्रदर्शन भएको ‘दृश्यम २’ले भारतमा २३९.६७ करोड भारू नेट कमाइ गरेको थियो। तेस्रो भागले आठ दिनमै दोस्रो भागको कुल कमाइलाई पार गरेको हो।

‘दृश्यम ३’ले प्रदर्शनको पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो। फिल्मले पहिलो दिन भारतमा ६६.७५ करोड भारू नेट कमाइ गरेको थियो। यो अजयको करिअरकै सबभन्दा ठूलो सुरूवाती कमाइ थियो। हिन्दी फिल्मको इतिहासमा समेत यो तेस्रो ठूलो सुरूआती कमाइ भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

फिल्मले दोस्रो दिन ५३.५० करोड, तेस्रो दिन ६१ करोड भारू कमाएको थियो। त्यसपछि साताको बीचमा व्यापार केही घटे पनि दोस्रो सप्ताहन्तमा पुनः बढेको हो। फिल्मले पहिलो सातामा नेट २४५.५० करोड भारू कमाएको थियो।

दोस्रो शनिबार २६.५० करोड भारू कमाएको फिल्मले आइतबार थप २३ करोड भारू कमाउँदै कुल कमाइ ३०९.५० करोड पुर्‍याएको हो। यो भारतभित्रको नेट कमाइ हो।

अभिषेक पाठक निर्देशित ‘दृश्यम ३’मा अजय देवगन मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा तब्बु, श्रिया सरन, रजत कपुर, जयदीप अहलावत, प्रकाश राज, इशिता दत्ता, मृणाल जाधव, कमलेश सावन्तलगायतको अभिनय छ।सन् २०१५ मा सुरू भएको हिन्दी ‘दृश्यम’ शृंखलाको यो तेस्रो तथा अन्तिम भाग हो। ‘दृश्यम ३’ नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय