ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

इंग्लिस प्रिमियर लिग टोली ब्राइटनका डिफेन्डर पास्कल स्ट्रुइकलाई देखाइएको विवादास्पद रातो कार्ड उल्टिएको छ। गलत तरिकाले मैदानबाट निष्कासन गरिएको दाबी गर्दै ब्राइटनले गरेको अपिल सफल भएपछि स्ट्रुइकले एक खेलको प्रतिबन्धबाट मुक्ति पाएका छन्।यससँगै उनी यो सप्ताहन्त हुने क्रिस्टल प्यालेसविरुद्धको प्रिमियर लिग खेलमा उपलब्ध हुनेछन्।

शनिबार सन्डरल्यान्डको घरेलु मैदान स्टेडियम अफ लाइटमा भएको खेलको ५७औँ मिनेटमा स्ट्रुइकलाई रातो कार्ड देखाइएको थियो। सन्डरल्यान्डका फरवार्ड विल्सन इसिडोरले अगाडि बढाएको बल पछ्याउने क्रममा स्ट्रुइकले उनलाई फल गरेको ठहर गरिएको थियो।

तर, सुरुमा मुख्य रेफ्री थोमस ब्रामल र उनका सहायकले फल दिएका थिएनन्। त्यसपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) निल डेभिसले हस्तक्षेप गर्दै रेफ्रीलाई भिडियो स्क्रिनमा घटना पुनः हेर्न बोलाए।

भिडियो पटक–पटक हेरेपछि रेफ्री ब्रामलले स्ट्रुइकलाई रातो कार्ड देखाए। उनले स्ट्रुइकले गोल गर्ने स्पष्ट अवसर रोकेको निष्कर्ष निकालेका थिए। उक्त निर्णयबाट ब्राइटनका खेलाडीहरू अचम्मित भएका थिए।तर, गलत तरिकाले खेलबाट निष्कासन गरिएको दाबीसहित गरिएको अपिल सफल भएपछि रातो कार्डको निर्णय उल्टाइएको हो।

भारको निर्णयमै प्रश्न

बीबीसीका फुटबल संवाददाता डेल जोन्सनका अनुसार, स्ट्रुइकलाई रातो कार्ड देखाउने निर्णय गलत थियो। अझ, सुरुमा फलसमेत नदिइएको अवस्थामा भीएआरको हस्तक्षेपबाट रातो कार्ड दिइनु झनै खराब निर्णय भएको उनको विश्लेषण छ।

उनका अनुसार, इसिडोरले बलमा ब्राइटनका गोलकिपर बार्ट भेर्ब्रुगनभन्दा पहिले पुग्न सक्थे भन्ने निश्चित थिएन। त्यसैले उक्त घटनालाई गोल गर्ने स्पष्ट अवसर रोकिएको अवस्था मान्न पर्याप्त आधार थिएन।

प्रिमियर लिगमा भीएआरको हस्तक्षेपबाट रातो कार्ड दिने निर्णय गर्दा उच्च मापदण्ड अपनाइने भएकाले रेफ्रीलाई भिडियो स्क्रिनमा बोलाउनु नै उचित नभएको जोन्सनको तर्क छ। उनका अनुसार, स्क्रिनमा घटना हेरेपछि रेफ्रीको निर्णय प्रभावित भएको हुन सक्छ। यस्तो अवस्थामा रेफ्रीले भीएआरको सल्लाह अस्वीकार गर्नुपर्ने थियो।

रातो कार्डका बाबजुद ब्राइटनको जित

स्ट्रुइकले रातो कार्ड पाएर मैदान छाड्नुपरे पनि ब्राइटनले खेलमा २–० को जित निकालेको थियो। सिजनको सुरुआतदेखि राम्रो प्रदर्शन गरिरहेको ब्राइटन प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा छ। ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि छ।

यसै समरमा २० मिलियन पाउन्डमा लिड्स युनाइटेडबाट ब्राइटन आएका स्ट्रुइकले नयाँ क्लबका लागि दोस्रो पटक प्रिमियर लिगमा सुरुआती ११ मा स्थान बनाएका थिए।
अपिल सफल भएसँगै उनले रातो कार्डका कारण एक खेल गुमाउनुपर्ने छैन।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय