ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको छ ।

जीएसी आयोन ईभी आगलागी  भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा भएको थियो । उक्त आगलागीबाट भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान गएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कम्पनीले पीडित परिवारलाई १० लाख रुपैयाँ किरिया खर्च दिएको छ । यस्तै मृतकको सवारीसाधनको बाँकी बैंक ऋणको किस्ताबापत ५ लाख ४४ हजार रुपैयाँ पनि मिनाहा गरिदिएको छ । जीएसी आयोन नेपालमा सीजी मोटर्सले आयात गर्दै आएको छ । पौडेलले भने, ‘बिमासम्बन्धी बाँकी प्रक्रिया पनि अघि बढिरहेको छ भने कम्पनीविरुद्ध भवितव्यसम्बन्धी जाहेरीसमेत दर्ता भएको छ ।’

एसपी पौडेलका अनुसार घटनाको अनुसन्धान गर्न चीनबाटै इन्जिनियरहरू झिकाउन लागिएको छ । यसका लागि प्राविधिक इन्जिनियरहरूको भिसा प्रक्रिया अगाडि बढिरहेको छ ।

के थियो ‘जीएसी आयोन’ आगलागी घटना ?

२६ गते बिहान भरतपुरमा करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाप्र–०१–०३० च ५५७९ नम्बरको उक्त ईभी कार गुडिरहेकै अवस्थामा आगोको लप्कामा परिणत भएको थियो । चीनको प्रख्यात ग्वाङझाउ अटोमोबाइल ग्रुपद्वारा उत्पादित र नेपालमा सीजी मोटर्सद्वारा आयातित ‘जीएसी आयोन’ ब्रान्डको उक्त कारभित्र रहेका चालक पराजुली बाहिर निस्कन नपाउँदै कालको मुखमा परेका थिए ।

स्थानीयहरूले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि नियन्त्रणबाहिर गएको सो गाडी सडकको डिभाइडरमा आएर ठोक्किएको थियो । पछि सुरक्षाकर्मी र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि चालक पराजुलीलाई बचाउन सकिएको थिएन ।

यसअघि चीनमा पनि ‘जीएसी आयोन’का केही कारहरूमा गुडिरहेकै अवस्थामा आगलागी भएका घटना बाहिर आएका थिए । जसमा ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिनेजस्ता समस्या औँल्याइएको थियो ।

लामो समयदेखि चर्चित ईभी कम्पनीहरूमा ‘टेक्निकल हेड’को रूपमा काम गरेका एक विज्ञका अनुसार आधुनिक चिनियाँ ईभीहरूमा रहेका जटिल स्वचालित फिचरहरूले बेलाबेलामा अनपेक्षित समस्या निम्त्याउने गरेका छन् ।  ‘भरतपुरको घटनामा पनि समयमै ढोका (डोर) ओपन भएको भए सायद चालकको ज्यान बचाउन सकिन्थ्यो होला भन्ने प्राविधिक अनुमान गरिएको छ । तर यसको आधिकारिक र वैज्ञानिक पुष्टि हुन भने बाँकी नै छ ।’

‘जीएसी आयोन’ गाडीमा हुन सक्ने प्राविधिक गडबडीबारे अनुमान गर्दै उनी थप्छन्, ‘घटना हेर्दा यो गाडीका विभिन्न फिचरहरूबारे प्रश्न उठेको छ । यसअघि चीनमा पनि यो गाडीमा आगलागीका घटना बाहिर आएका थिए । यसबारे उपभोक्ता र सरकारले पनि सचेत रूपमा हेर्ने बेला भइसकेको छ ।’

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय