ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

मुम्बई । अख्तियारवाला निकायबाट अनुमति नलिई विरोध प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई पुलिसले अभिनेता इमरान खानलाई अक्टोबर २८ सम्ममा भारत छोड्न नोटिस जारी गरेको छ। 

इमरान अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै आयोजित प्रदर्शनमा सहभागी भएका थिए।

सोही दिन मुम्बई पुलिसले उनलाई नियन्त्रणमा लिएको थियो। यसअघि उनी जुलाई २२ र २३ मा नीट प्रश्नपत्र लिकको विरोधमा ककरोच जनता पार्टीले गरेको प्रदर्शनमा पनि सहभागी भएका थिए।

पुलिसका अनुसार इमरान भारतीय नागरिक होइनन् र विदेशी नागरिक भएर विरोध प्रदर्शनमा सहभागी भएका हुन्। यस मामिलामा उनीविरुद्ध अध्यागमन ऐनको सम्बन्धित धाराअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

इमरान खानको जन्म अमेरिकाको विस्कन्सिनमा भएको थियो। जन्मजात नै उनीसँग अमेरिकाको नागरिकता र अमेरिकी पासपोर्ट छ। कानुनी रूपमा उनी भारतका नागरिक होइनन्। भारतमा बस्न र काम गर्नका लागि उनले ओभरसिज सिटीजनसिप अफ इन्डिया (ओसीआई) कार्डको प्रयोग गर्दै आएका छन्।

भारतमा विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गतिविधिलाई नियन्त्रण गर्नका लागि अध्यागमन तथा विदेशी नागरिक ऐन, २०२५ लागू छ। यस ऐनअन्तर्गत सरकारले विदेशी नागरिकहरूको भारत बसाइ र उनीहरूका गतिविधिमा विभिन्न सर्तहरू लागू गर्न सक्छ। 

यदि कुनै विदेशी नागरिकले लागू नियम वा भिसाका सर्तहरूको उल्लङ्घन गरेमा उनीहरूविरुद्ध कानुनी कारबाही गर्न सकिने प्रावधान रहेको छ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय