काठमाडौँ। देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भू-भागमा चिसो बढ्दै गएको हो ।
आइतबार बिहान मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा पछिल्ला तीन दिनदेखि तापक्रम निरन्तर घटिरहेको छ । यसअघि शुक्रबार १५.० डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम शनिबार घटेर १३.८ डिग्री पुगेको थियो ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।