ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गरेको छ।सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २८० रन बनाएको थियो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन जोडे। उनले तीन चौका र चार छक्का प्रहार गरे।

रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उक्त विकेटका लागि नेपालको कीर्तिमानी साझेदारी हो।त्यस्तै देव खनालले ५७ र इशान पाण्डेले २९ रन बनाए। ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट हात पारे।

ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए। उनले सात चौका र एक छक्का प्रहार गरे। त्यस्तै अर्का हम्माद मिर्जाले ८७ रन बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।हसनैन शाहले नटआउट रही ४० रन बनाए।

नेपालले लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो। योसँगै नेपाल लि-२ मा ३६ वटा खेल खेलेर ३० अंकसहित छैटौंस्थानमा छ। नेपालले लिगमा १४ खेल जित्दा २० खेल पराजित भएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय