ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न सहमत भएका छन्।

बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटपछि शान्ति वार्ता गर्न सहमत भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको रोयटर्सले जनाएको छ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत पुटिन र विटकफबीच रूसको सेन्ट पिटर्सबर्गस्थित एक दरबारमा वार्ता भएको थियो। पुटिन र विटकफबीच व्यक्तिगत रूपमा भएको यो नवौँ भेट हो।

वार्ताको सुरूवात सद्भावपूर्ण कदमबाट भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा हिरासतमा रहेका अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गर्न पुटिनसँग आग्रह गरेका थिए। त्यसपछि रूसले उनलाई रिहा गरेको थियो।

यद्यपि, अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन कमजोर पारिरहेको भन्दै किएभ र उसका सहयोगीहरूबीच चिन्ता बढिरहेका बेला यो वार्ता भएको हो। अमेरिकाले रूसी आक्रमणसम्बन्धी तत्काल उपलब्ध हुने गुप्तचर सूचना दिन कतिपय अवस्थामा रोक लगाएको र युक्रेनको सैन्य सञ्चार प्रणालीलाई प्रभावित पारेको आरोपसमेत लागेको थियो।

ट्रम्पले चुनावी अभियानका क्रममा युक्रेन युद्ध २४ घण्टाभित्र अन्त्य गर्ने वाचा गरेको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध जारी छ।

क्रेमलिनका अनुसार नयाँ त्रिपक्षीय शान्ति वार्ता प्राविधिक तहमा हुनेछ। वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुन सक्ने र युद्ध अन्त्य भएपछि रूस तथा युक्रेनको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ। वार्ता नोभेम्बर १० वा त्यसपछि सुरू हुन सक्ने क्रेमलिनले जनाएको छ।

अमेरिकाको मध्यस्थतामा यसअघि भएको पछिल्लो शान्ति वार्ता फेब्रूअरीमा भएको थियो। त्यसपछि अमेरिका र इजरायलले इरानविरूद्ध युद्ध सुरू गरेका थिए।

पुटिन र विटकफबीचको वार्तामा पुटिनका विशेष लगानी दूत किरिल दिमित्रिएभ पनि सहभागी थिए। क्रेमलिनका अनुसार बैठकमा रूस र अमेरिकाबीच हुन सक्ने ठूला संयुक्त आर्थिक परियोजनाबारे समेत छलफल भएको थियो। तीमध्ये केही परियोजना कार्यान्वयनको नजिक रहेको बताइएको छ।

विटकफले सम्भावित शान्ति सम्झौताका लागि विभिन्न विचार समेटिएका केही कागजात पुटिनलाई अध्ययन गर्न दिएको बताए। ट्रम्पका ज्वाइँ जारेड कुश्नरले पनि पुटिनसमक्ष केही विचार राख्न चाहेको उनले जानकारी दिए। पछि कुश्नर टेलिफोनमार्फत बैठकमा सहभागी भएका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने युद्ध अन्त्य गर्ने विषयमा पुटिन र ट्रम्पसँगको त्रिपक्षीय बैठकमा महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आफू इच्छुक रहेको बताएका छन्।

क्रेमलिनले पुटिन र जेलेन्स्कीबीच हुने कुनै पनि भेटवार्ता अर्थपूर्ण बनाउनुअघि दुवै पक्षका सहयोगीहरूले त्यसको विस्तृत तयारी गर्नुपर्ने धारणा बारम्बार राख्दै आएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय