ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार भएको घटनापछि अभिनेता सलमान खानसहित अन्य कलाकारको सुरक्षामा सतर्कता बढाइएको छ।सलमानको सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने अभिनेता अक्षय कुमारको घरमा बुलेटप्रुफ सिसा जडान गर्न लागिएको छ।

भारतीय संचारमाध्यम द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा पनि सुरक्षा सावधानी बढाइएको छ।

सलमानको सुरक्षा थप कडा

सलमान खानलाई महाराष्ट्र सरकारले सन् २०२२ मै वाई प्लस श्रेणीको सुरक्षा उपलब्ध गराएको थियो।पछिल्लो घटनापछि उनको सुरक्षामा थप सतर्कता अपनाइएको हो। सलमानको निवास वरपर प्रहरी निगरानी बढाइएको छ।

उनको सुरक्षालाई ध्यानमा राख्दै निवासमा रहेका सुरक्षा संरचनालाई थप मजबुत बनाउने काम भइरहेको समाचारमा उल्लेख छ।

अक्षयको घरमा बुलेटप्रुफ सिसा

त्यस्तै, टाइगर श्रफको घटनापछि अक्षय कुमारको घरमा पनि सुरक्षा व्यवस्था मजबुत पार्न थालिएको छ।द टाइम्स अफ इन्डियाका अनुसार उनको जुहुस्थित निवासमा बुलेटप्रुफ सिसा जडान गर्ने काम भइरहेको छ।

यस घटनापछि बलिउडका चर्चित कलाकारको सुरक्षालाई लिएर चिन्ता बढेको छ। कलाकारका निवास आसपास सुरक्षा सतर्कता बढाउनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर निगरानीसमेत कडा पारिएको छ।

के हो टाइगर श्रफमाथिको घटना?

अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगर श्रफको गाडीमा गोली प्रहार भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।द टाइम्स अफ इन्डियाको यसअघिको रिपोर्ट अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको संख्या १० पुगेको छ।प्रहरीले घटनामा प्रयोग भएका हतियार र आक्रमणको योजनाबारे अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय